आज :

बालेन्द्रसँग फुटपाथ व्यवसायीको गुहार- तोकेको कर तिर्छौं, गरिखान देऊ

  • अनलाइन डबली

काठमाडौँ । फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । व्यवसायीहरूले बिहीबार काठमाडौँ महानगरपालिको प्रवेशद्वार अगाडी धर्नासहित विरोध प्रदर्शन गरेका हुन् ।

गरिखान देऊ होइन भने रोजगार दिलाइ देऊ, रोजगार देऊ कि स्वरोजगार हुन देऊ लगायतका नारासहित व्यवसायीहरूले विरोध गरेका हुन् ।

विशेष गरेर उनीहरूले दिनको केही घण्टा भए पनि सडक पेटीमा व्यवसाय गर्न पाउनु पर्ने माग राखेका छन्। उनीहरूले सडक किनारामा व्यवसाय गर्दा महानगरले लगाउने कर तिर्न आफूहरू तयार रहेको तथा आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने पनि बताएका छन्।

महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौँका लागि गरिरहेको यो काम राम्रो भए पनि गरिखानेहरूका लागि उत्कृष्ट विकल्प देखाइदिन पनि उनीहरूको आग्रह छ।

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय फुटपाथ व्यापार गर्न रोक लगाएको छ भने सार्वजनिक जग्गाका अवैध संरचना र नक्सा पास नभई निर्माण गरिएका संरचनासमेत भत्काउँदै आएको छ ।

यसरी महानगरले फुटपाथ र अवैध संरचनामा कडाइ गरेपछि त्यस स्थानमा व्यवसाय गर्दै आएका व्यवसायी मारमा परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal