आज :

अटोरिक्सा चढेर खाना खान जाँदा दिल्लीका मुख्यमन्त्रीलाई प्रहरीले ओराल्न खोजेपछि…

  • अनलाइन डबली

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गुजरात प्रहरीले सोमबारअहमदावादमा अटोमा बस्न रोक्ने प्रयास गर्यो । प्रहरीले केजरीवाल दिल्लीको मुख्यमन्त्रीको हिसाबमा भीभीआईपी भएको र उनको सुरक्षालाई मध्यनजर गर्दै अटोमा बस्न दिन नसकिने बतायो ।

यस विषयमा मुख्यमन्त्री र प्रहरीबीच केही समय चर्को बहस पनि भयो । आक्रोशित केजरीवालले प्रहरीलाई ‘तपाईहरुले जबरजस्ती मलाई सुरक्षा दिइरहनु भएको छ । मलाई सुरक्षा चाहिँदैन’ भनेको भिडियो पनि सार्वजनिक भएको छ ।

खासमा दिल्लीका मुख्यमन्त्री उनको होटलबाट एक जना अटो–चालकको अटोमा बसेर उनको घरमा रातिको खाना खान जाँदै थिए । त्यही समय प्रहरीले उनलाई रोकेको थियो ।

यस घटनाको एक भिडियोमा केजरीवाल भनिरहेका सुनिन्छन् ,‘यही कारणले गुजरातका जनता दुःखी छन् । जनता कहाँ कोही जाँदैन । म जान खोज्दा पनि तपाईँ रोक्नुहुन्छ ।’

केजरीवाल पटक पटक आफूलाई प्रहरी सुरक्षा आवश्यक नभएको बताउँछन् । धेरै पटक भनेपछि प्रहरीले उनलाई जान दिन्छन् । केजरीवालले सोमबार अहमदाबादमा अटो–रिक्सा चालकहरुको एक सभालाई सम्बोधन गरेका थिए ।

यस दौरान एक चालकले उनलाई रातिको खाना आफ्नो घरमा खान अनुरोध गरे । केजरीवालले सो आग्रह तुरुन्त स्वीकारे । पार्टीको आधिकारिक ट्विटर ह्यान्डलमा दुईबीचको कुराकानीको भिडियो राखिएको छ ।

केजरीवालले ती रिक्सा चालकको घरमा खाना खाएको फोटो पनि आएको छ । केजरीवाल गुजरातको राज्य–सभाको नजिकिँदै गरेको चुनाव प्रचारको लागि दुई दिने गुजरात भ्रमणमा रहँदा यस्तो भएको हो ।

गुजरातमा यो वर्षको अन्तिममा चुनाव हुँदैछ । आम आद्मी पार्टीले राज्यमा पकड विस्तार गर्दैछ । यसैको लागि केजरीवालले पछिल्लो केही महिनाभित्रै गुजरात धेरै पटक गइसकेका छन् ।

यस दौरान केजरीवालले आफूले जिते राज्यमा महिला र बेरोजगार युवाहरुको लागि भत्ताको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य र शिक्षा कायम गर्ने र ३०० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal