आज :

मधेश आन्दोलनपछि मधेशीलाई नागरिक मान्न थालियो – उपेन्द्र यादव

  • अनलाइन डबली

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाएको बताएका छन् ।

मधेश आन्दोलनका शहीदको सम्झनामा जनकपुरधाममा आयोजित कार्यक्रममा उनले शहीदको बलिदानकै कारण मधेशीलाई विहारी र धोती भन्न छाडिएको बताए ।

‘मधेशसहित विभिन्न आन्दोलन अगाडि मधेशीलाई नेपाली नागरिक पनि मानिएको थिएन, बिहारी, धोती अरु के–के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो’ अध्यक्ष यादवले भने, ‘वीर सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधन बन्द भएको छ ।’

शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए ।

लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व भएको बताए ।

समाजमा धेरै प्रकारको विभेद र असमानता विद्यमान रहेको भन्दै उनले महिलाप्रतिको असमानता, विभेद र हिंसा अहिले पनि समाजमा जकडिएर बसेको बताए ।

यसबाहेक दलितहरुप्रतिको अमानवीय व्यबहार, मानवअधिकारको हनन, अवसर र सम्भावनाबाट बंचित गर्ने व्यबहार अहिले पनि समाजमा कायमै रहेको, अल्पसंख्यक समुदाय अधिकारबाट बञ्चित रहेको अध्यक्ष यादवले बताए ।

जाति र भाषा र संस्कृतिको आधारका साथै अरु धेरै आधारमा समाजमा विभेद र असमानता शोषण र उत्पीडन कायम रहेको भन्दै उनले यस्ता विभेद जडबाटै उखालेर नफ्याँकेसम्म शहीदको सपना पूरा गर्न नसकिने उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal