आज :

डेंगुबाट अलिसाको मृत्यु, संक्रमण ७५ जिल्लामा पुगेपछि स्वास्थ्या संकटकाल घोषणाबारे छलफल 

  • अनलाइन डबली

काठमाडौं । पूर्वी तराईमा सुरुमा देखिएको डेंगु संक्रमण देशभर फैलिएको छ । अघिल्लो बर्ष डेंगुबाट दुई दर्जनबढीको ज्यान गएको थियो । यो वर्ष अहिलेसम्म आधा दर्जनजतिको ज्यान गइसकेको बताइएको छ । अस्पताल पुगेका अधिकांशमा डेंगु देखिएको छ ।

यसैबीच डेंगु पोजेटिभ देखिएकी अलिसा कर्माचार्यको उपचारको क्रममा मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचार भइरहेकी उनमा डेंगु पोजेटि देखिएको थियो ।

यसैबीच देशका ७७ मध्ये  ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको पुष्टि भएको छ । अब मनाङ र हुम्ला मात्रै डेंगुबाट सुरक्षित रहेका छन् । काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले  जनाएको छ । ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको बताइएको छ ।

मन्त्रालयका अनुसार गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल सुरु गरेको छ । स्वास्थ्य सङ्कटकाल घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भएलगत्तै घोषणा गर्ने अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal