आज :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भागेका आलमलाई प्रहरीले यस्तो अवस्थामा भेटायाे, त्यसपछि…

  • अनलाइन डबली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर शुक्रबार दिउँसो ठगी मुद्दाका एक आरोपी प्रहरीबाट फुत्किएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीका अुनसार शुक्रबार आएको फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएको थियो ।

‘कर्मचारीले प्रहरीलाई खबर गर्नसाथ उनी फरार भइसकेका थिए,’ ज्ञवालीले भने । उनी विमानस्थलबाट बाहिरिसकेकेा सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो ।

राति होटलमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा स्रोतका अनुसार आलम दुबईबाट आएका त्यहाँका ‘भीआईपी डेलिगेट्स’हरुसँगै काठमाडौं आएका थिए ।

उनलाई दोभासेका रुपमा काठमाडौं ल्याइएको स्रोतले जनाएको छ । दुबईबाट उनीहरु मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा आएका थिए ।

उनीहरुलाई रिसिभ गर्न आयोगका अध्यक्ष अन्सारी स्वयम् विमानस्थल पुगेका थिए । उनी गएपछि दुबईबाट आएका सबैको पासपोर्ट एकमुष्ठरुपमा ‘अराइभल’ छाप लगाउन दिइएको थियो । त्यसक्रममा आलमको पासपोर्ट कालोसूचीमा रहेको देखिएको थियो ।

‘तर प्रहरीलाई खबर गरेको सुइँको पाएका उनी केहिवेरमै फरार भइहाले’ एक अधिकृत भन्छन्,-‘पछि उनी डेलिगेट्ससँगै होटल मेरियटमा गएको भेटिएको छ ।’

प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेन नामक व्यक्तिको जाहेरीले उनीसहित ११ जना रहेको मुद्दामा उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।

आलम यूएईमा बसेको थाहा पाएपछि उनलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पनि गुहारेको थियो ।

काठमाडौं प्रहरीले २ वैशाखमा इन्टरपोललाई पत्राचार गरेर रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको थियो । आलमलाई हाल प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal