आज :

कक्षा १२ काे नतिजा प्रकाशित, यसरी हेर्नुहोस आफ्नो रिजल्ट

  • अनलाइन डबली

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्।

६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्।

त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन्। जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए ।

बाेर्डले याे पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेकाे हाे । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थि फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

२ विषय लागेकाले असोज ३० र ३१ गते ग्रेड बृद्विका लागि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले रातोपाटीलाई जानकारि दिए ।

बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ ​ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ ।

त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

यसैबीच कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने बताए ।

नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० विद्यार्थी परेका छन् । उनीहरूमध्ये ग्रेड वृद्धिका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन् । जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए ।

बोर्डले पहिलो पटक नन ग्रेडिङ प्रणाली लागू गरेको थियो । जसमा प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल भएको मानिने छ।

२ विषयमा नन ग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् । २ विषयभन्दा बढीमा नन ग्रेड आएका विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal