आज :

सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा यी महिलालाई तोकियो ४५ वर्षको जेल सजाय, के लेखिन त्यस्तो ?

  • अनलाइन डबली

काठमाडौँ । साउदी अरेबियाले सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । विज्ञहरूका अनुसार साउदी अरबमा यस्तो खालको यो दोस्रो घटना हो ।

साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल काहतानीलाई सामाजिक सञ्जाल पोस्टहरू मार्फत सामाजिक ढाँचामा खलल पार्ने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ ।

रिपोर्टका अनुसार ती महिलाले साउदी अरेबियाका नेताहरूको आलोचना गरेकी थिइन् । तर, यसबाहेक उनको सोसल मिडिया पोष्टसँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सेयर गरिएको छैन ।

यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी विद्यार्थी थिइन् । उनको नाम सलमा अल(शेहाब रहेको बताइएको छ ।

उनी यसै वर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन् । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघनलगायत अन्य कैयौं आरोपमा पनि दोषी ठहर गरिएको थियो ।

यस विषयमा जानकार एक विज्ञले बीबीसी न्युज आवर कार्यक्रममा काहतानीमाथि लागेको आरोपको दायरा निकै ठूलो रहेको बताए । उनलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुनअन्तर्गत कारवाही गरिएको हो ।

यी यस्ता कानुन हुन्, जसअन्तर्गत सरकारको आलोचनासँग सम्बन्धित पोष्टहरू टाढा(टाढासम्म पनि अपराध मान्न सकिन्छ ।

गत वर्षदेखि हालसम्म केही अन्य महिला कार्यकर्ताले पनि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा हिरासतमा लिइसकेको छ । अब उनीहरुलाई पनि कडा सजाय सुनाउन सकिने आशंका जताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal