आज :

प्रभु बैंकले ग्राहकको लागि चेली थकाली भान्छा घर र न्यू ऐरा रेस्टुरेन्टसँग गर्यो आकर्षक छुट सम्झौता

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको लागि पोखरा, लेकसाइड स्थित चेली थकाली भान्छा घर र न्यू ऐरा रेस्टुरेन्टसँग आकर्षक छुट सम्झौता गरेको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

त्यस्तै बैंकका पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका प्रोप्राइटर लक्ष्मण गिरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेकासम्पूर्ण ग्राहकहरुले चेली थकाली भान्छा घरमा ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।

चेली थकाली भान्छा घर र न्यू ऐरा रेस्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त हुने बैंकले जानकारी दिएको छ । सम्झौताबाट आफ्ना सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal