आज :

पीडित महिलाको सहयोगार्थ मेलबर्नमा तीज कार्यक्रम, दिदी-बहिनी समाज भिक्टोरियाद्वारा १६ हजार डलर सहयोग 

  • अनलाइन डबली

मेलबर्न । घरेलु तथा यौ’न हिंसा पीडितहरुको सहयोग जुटाउने उद्देश्यले अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियाकी शिक्षा तथा महिला मन्त्री नातालिया हटचिन्सको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो ।

बिगत ६ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौ’न/घरेलु हिं’सामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले आयोजना गरेको कार्यक्रममा करिब सात सय दिदी-बहिनीको सहभागिता रहेको आयोजक संस्थाले बताएको छ ।

दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको डिबीएसभी सदस्य पुजा श्रेष्ठले जानकारी दिएकी छन् । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आबस्यक औषधोपचार, कानूनी सुझाब, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्तता प्रकृया र तालिमको लागि प्रयोग गरिन्छ ।

यो सहयोगका कारण महिलाहरुको बिग्रदो स्वास्थ्य र जीवनलाई उनीहरुको आत्मविस्वास र क्षमता अभिबृद्धि मार्फत सामान्यिकरण गर्न सहयोग पुर्याएको छ र यस्को लागि त्यस क्षेत्रमा कृयाशिल “आवाज” संस्थासंग सहकार्य गर्दै आइरहेको छ ।

सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरी खड्काद्धारा समेत मन्तब्य ब्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन धेरै टाँढा टाँढाबाट समेत सोचिएभन्दा अत्यन्तै धेरैको आगमन भए तापनि सुरक्षाका कारण सुरक्षाकर्मीहरुद्धारा सबैलाई कार्यक्रम हलमा प्रबेश गर्न नदिएकोले कार्यक्रममा सहभागी हुन नपाई फर्कन परेकोले आयोजकले आगन्तुक र शुभेच्छुकको असुबिधाका लागि क्षमा याचना गर्दै सूचना समेत जारी गरेको छ ।

संस्थाकी उपाध्यक्ष प्रभा देवी श्रेष्ठको संयोजनकारी र अन्जु अधिकारी र गीता नायक क्षेत्रीको सह-संयोजनकारी भूमिका रहेको र अन्जु, जुलिय, कमला र सपनाद्वारा उद्घोषित उक्त कार्यक्रममा दिदी-बहिनी समाज ब्रिमब्यांक, वेष्ट, आइन्ट्री, इस्ट, बेन्डिगो, लालोर, एपिङ, थोमसटाउन, जिलोङ, ग्लेनरोइ, क्रेगिबर्न, मरान्डा युनिटहरुले समूहगत रुपमा छुट्टाछुट्टै तीज नाच प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal