आज :

पेलोसीको ताइवान भ्रमणबारे पुटिनले बल्ल मुख खोले, चीनलाई सपोर्ट गर्दै अमेरिकालाई के भने ?

  • अनलाइन डबली

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् ।

मङ्गलबार मस्कोमा भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताए ।

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ को रूपमा टिप्पणी गरे ।

रक्षामन्त्री सर्गेई शोइगुले पनि पेलोसीको ताइवान भ्रमणलाई ‘उत्तेजक अवतरण’ को संज्ञा दिँदै उक्त क्षेत्रलाई अस्थिर बनाउने अमेरिकाको अर्को कदम भएको बताए । चीनको चेतावनीलाई बेवास्ता गर्दै पेलोसीले गरेको ताइवान भ्रमण उत्तेजना भड्काउन गरिएको उनको कटु टिप्पणी थियो ।

सभामुख पेलोसीले हालै ताइपेइ पुगेर राष्ट्रपति साई इङ्ग वेनसँगको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताएकी थिइन् ।

उनले विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरेकी थिइन् । साथै उनले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताउँदै आएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ ।

उसले बेइजिङलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँगको अनौपचारिक रक्षा सम्बन्धलाई कायम राखेको छ । सिन्ह्वा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal