आज :

युक्रेनको आणविक संयन्त्रमा पुनः शक्तिशाली बमबारी, राष्ट्रसंघका प्रमुखले दिए गम्भीर चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र वरपर तत्काल सैन्य गतिविधि अन्त्य गर्न चेतावनी दिएका छन् ।

दक्षिण–पूर्वी युक्रेनस्थित उक्त आणविक संयन्त्रमा बिहीबार पुनः आक्रमण भएपछि गुटेरसको यस्तो चेतावनी आएको हो । युक्रेनको ईनर्गोयाटोम एजेन्सीका अनुसार जपोरिझ्झिया संयन्त्रमा बिहीबार पाँच पटकसम्म आक्रमण भएको थियो ।

केही प्रहार रेडियोधर्मी सामाग्री भण्डारण क्षेत्रमा समेत भएको बताइएको छ । रुसले नियुक्त गरेका संयन्त्रका अधिकारीले भने युक्रेनले सिफ्ट परिवर्तनको समयमा आक्रमण गरेको बताएका छन् ।

रुसले आह्वान गरेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकअघि महासचिव गुटरेसले रेडियोधर्मी क्षेत्रमा क्षति पुगे त्यसले सो क्षेत्र र त्योभन्दा धेरै परसम्म ठूलो विपत निम्त्याउने चेतावनी दिए ।

‘आणविक संयन्त्र कुनै पनि सैन्य गतिविधिको हिस्साको रुपमा प्रयोग गरिनु हुँदैन । आणविक दुर्घटना हुन नदिन सो क्षेत्रको निश्चित परिधिलाई सुरक्षित क्षेत्र घोषित गर्नुपर्छ,’ वक्तव्यमा गुटेरसले भनेका छन् ।

जपोरिझ्झिया आणविक संयन्त्र गत मार्चदेखि रुसको नियन्त्रणमा छ । संयन्त्र क्षेत्रमा रुसले सैन्य आधार बनाएको युक्रेनको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्जियाले कियभले ‘आणविक पूर्वाधारमा बमबारी गरेर विश्वलाई आणविक दुर्घटनाको संघारमा पु¥याएको’ आरोप लगाए ।

संयुक्त राष्ट्रसंघका लागि युक्रेनी राजदूत सर्गेई किस्लीत्स्याले ‘युक्रेनले जवाफी फायर गर्दैन भनेर रुसले आणविक संयन्त्रलाई ढाल बनाएर युक्रेनी सहरमा रकेट प्रहार गरिरहेको’ आरोप लगाए । विज्ञहरुले जपोरिझ्झिया आणविक संयन्त्र दुरर्घटना भए त्यो चेर्नोविल दुर्घटनाभन्दा ठूलो हुने चेतावनी दिएका छन् ।

हालसम्मको विश्वको सबैभन्दा गम्भिर आणविक दुर्घटना मानिने चेर्नोविल आणविक दुर्घटना सन् १९८६ मा घटेको थियो । दुर्घटनास्थल तत्कालीन सोभियत संघको एक अंश युक्रेनमै थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal