आज :

सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले चाल्यो यस्तो कदम, हेर्नुहोस बिस्तृतमा

  • अनलाइन डबली

काठमाडौँ । सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ ।

सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए सच्याउन चाहनेलाई सच्याउन निर्देशन दिएका हुन् ।

नागरिकतामा फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थिए ।

सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य भुवनबहादुर सुनारले त्यसरी अपमानजनक ढंगले जारी गरिएका नागरिकता सच्याउनुपर्ने र त्यसरी हस्ताक्षर गर्ने अधिकारीको हात किन नकाट्ने भन्दै प्रश्न गरेका थिए ।

‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने’ विज्ञप्तिमा छ,’त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal