आज :

मौसम अपडेट- आज कहाँ- कहाँ पर्दैछ पानी ?

  • अनलाइन डबली

काठमाडौँ । अझै केही दिन मुलुकका केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले ठूलो पानी पर्ने सम्भावना नभए पनि केही दिन मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानमान महाशाखाले जनाएको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुनकोसी, दुधकोसी र तमोर नदीको जलाधार क्षेत्रमा गएरातिदेखि ठूलो पानी परिरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले आग्रह गरेको छ।

सप्तकोसीका सहायक नदीमा ठूलो बाढी आइरहेकाले सप्तकोसीको चतरा आसपासमा विशेष सतर्कता जरूरी रहेको केन्द्रले जनाएको छ ।यस्तै सिन्धुपाल्चोको गुमथाङ, धाप र नकोटे आसपास पनि भारी वर्षा भएको छ ।

मेलम्ची र वलेफी नदीमा बाढी आएकाले बिहान १० बजेसम्मै सतर्कता अपनाउन केन्द्रको आग्रह छ। धनकुटाको मछुवाघाट र त्रिवेणी सोलुखुम्बुको सोलुखोला र साल्मे क्षेत्रमा पनि राती भारी वर्षा भइरहेको छ।

यस्तै, दोलखाको तामाकोसी नदी पनि सतर्कताको तह आसपास पुगेकाले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ । आइतबार पनि देशभर सामान्य बदली रहनेछ।

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै सोमबार प्रदेश एक र बागमती प्रदेशको केही भू-भागमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal