आज :

छानविन समितिको प्रतिवेदन भन्छ-जनार्दन शर्मा निर्दोष छन्, पुनले भने- मन्त्रालय फर्किने पहिलाे हक उहाँकै

  • अनलाइन डबली

काठमाडौँ । संसदीय छानबिन विशेष समितिले प्रतिवदन प्रतिनिधिसभामा पेश गरेको छ । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिन गर्न गठन भएको समितिले शुक्रबारको संसदमा बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका हुन् ।

प्रतिवेदनले निवर्तमान अर्थमन्त्री प्रभाकरले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा निर्दोष सावित भएका छन् । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा प्रभाकरविरुद्ध लगाइएको आरोपबारेको कुनै प्रमाण नभेटिएपछि निर्दोष सावित भएका हुन् ।

प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए । छानबिनका क्रममा समितिले ७५ घण्टा खर्चिएको कर्णले जानकारी दिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम समिति गठन भएको थियो । करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो। बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । जसको समयावधि बिहीबार सकिएको थियो ।

योसँगै अब प्रभाकर पुनः अर्थमन्त्रालय फर्किने भएका छन् । यसबारे नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले क्लिन चिट पाएकोले पहिलो हक प्रभाकरकै भएको बताएका छन् । उनले प्रभाकरलाई हटाएर अरुलाई मन्त्रालय पठाउनेबारे माओवादी केन्द्रले नसोचेको समेत बताए ।

छानविन समिति गठन भएसँगै मन्त्री शर्माले नैतिकता देखाएर राजिनामा दिएका थिए  । उनले अाफू निर्दाेष रहेकाे पटक पटक दाबी गर्दै अाएका थिए । तर, विपक्षी नेकपा एमाले र सरकारकाे नेतृत्वकर्ता नेपाली काँग्रेसकै केही नेताहरूले शर्मालाइ दाेषी भन्दै छुट दिन नहुने बताउँदै अाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal