आज :

आदिवासी अभ्यासलाई ब्रान्ड बनाएर बजारमा ल्याउनु पर्छ : उपप्रमुख डंगोल

  • अनलाइन डबली

श्रावण ८,काठमाडौँ  ।  महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय परम्परादेखि प्रयोगमा ल्याउदै गरेका आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा शनिबार  बोल्दै काठमाडौं महानगर उपप्रमुख डंगोलले विदेश बात आयातित बस्तुको प्रायो भन्दा स्वदेशी र परम्परा देखि प्रयोमा ल्याइदै गरेको बस्तु नै प्रयोग गर्नु पर्नेमा जोडदिदै    आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरुको भर पुर्न परेको विचार राख्नुभयो ।

‘हामी अरुले पु्रफ गरेर एप्रुभ गरिदियोस् भनेर कुरेर बस्छौं र परनिर्भरता बढेको छ । हामीसँग पहिल्यै प्रमाणित भइसकेको आदिवासी अभ्यासहरु छन्, त्यसलाई ब्रान्डिङ गरौं न’ डंगोलले भन्नुभयो ।

कार्यक्रममा उपप्रमुख डंगोलले भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयलको औपचारिक घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा कपालमा लगाउने तीन थरी तेलको घोषणा गरिएको थियो । नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तेलको घोषणा गरिएको थियो ।

कपाललाई प्राकृतिक रुपमा कालो बनाउने तेल पनि योजनमा रहेको भएपनि यसको केही परिक्षण बाँकि भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने भूमिका प्रवन्ध निर्देशक उज्वल मानन्धरले बताउनुभयो ।

३३ थरीका विभिन्न प्राकृतिक जडिबुटीहरुको समिश्रणले  तयार पारिएको कम्पनीले जानकारी दिएको छ ।

तीन वर्षको अनुसन्धान र परिक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको प्रवन्ध निर्देशक मानन्धरले बताउनुभयो ।

कपाल झर्ने, कपाल नउम्रिने र चायाँ लगायतका समस्यामा यस तेलको सफल परिक्षण भइसकेको र परिणाम पनि राम्रै पाएको दावी मानन्धरको हो ।

‘यहि तेलबाट हामीले करीब एक महिना निःशुल्क शिविर चलायौं । कपाल नभएकाहरुको पनि कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको छ । कसैले पनि यसको बारे नराम्रो प्रतिक्रिया दिनुभएको छैन’ मानन्धरले भने ।

कपालको समस्यालाई लिएर आफैंले अनुमानको भरमा तेल प्रयोग नगर्न र विज्ञको सल्लाह अनुसार यचु तेल प्रयोग गर्न मानन्धरले अनुरोध गरे । सहि ढङ्गले तेलको प्रयोग गरेमा कपाल सम्वन्धि समस्या ग्यारेन्टीका साथ समाधान हुने मानन्धरले दावी गरे ।

 

सोही कार्यक्रममा यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगीतका विजयी प्रतियोगी ३ जनालाई जनही १०/१० हजार र एक मेगा विजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal