आज :

त्रिविले आंशिक प्राध्यापकहरुलाई करार गरेका भन्दै अखिल क्रान्तिकारीले दियो यस्तो चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको निर्देशन लत्याउँदै आंशिक प्राध्यापकहरुलाई करार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । नेकपा (बहुमत) नजिक अखिल क्रान्तिकारी त्रिवि क्याम्पस विशेष समितिको इन्चार्ज गोविन्द विष्टले एक विज्ञप्ति जारी गरेर आवश्यक दरबन्दी पूर्ती गर्न सेवा आयोगको परीक्षा संचालन गर्नुको सट्टा नियम विपरित करार गर्ने हर्कत आफूहरुलाई स्वीकार्य नभएको समेत बताएका छन् । शिक्षाको गुणस्तर तहसनहस पार्ने र दक्ष जनशक्तिलाई विदेशिन बाध्यपार्ने त्रिविको षड्यन्त्रविरुद्ध कठोर संघर्षमा उत्रिन विद्यार्थीलाई आह्वान समेत गरे ।

विज्ञप्तिमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको निर्देशन समेत लत्याउँदै त्रिवि नियम विपरित आवश्यक दरबन्दी पूर्ति गर्न सेवा आयोगको परिक्षा सञ्चालन गर्नुको सट्टा आंशिक प्राध्यापकहरुलाई करार गर्ने त्रिविको हर्कत हाम्रो संगठनलाई किमार्थ स्वीकार्य छैन । देशलाई ध्वस्त बनाउने साम्राज्यवादी डिजाईन अनुरुप शिक्षा क्षेत्रमाथी अतिक्रमण सुरु गरिएको छ । यस प्रक्रियामा नेपालका संसदवादी दलहरु दुरुपयोग भइरहेका छन् । त्रिविको हर्कत हाम्रो संगठनलाई किमार्थ स्वीकार्य छैन ।”

इन्चार्ज विष्टले आंशिक प्राध्यापकहरुलाई करार गर्ने षड्यन्त्र बन्दगरी तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ती गर्न माग समेत गरको छन् । उनले त्रिविले तत्काल गल्ती नसच्चाए संगठन आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने र त्यसको जिम्मेवार त्रिवि नै हुने चेतावनी समेत दिएका छन् ।
यस्तो छ विज्ञप्तिः

हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) निरन्तर शैक्षिक क्षेत्रको आमुल रुपान्तरणसँगै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रही संघर्ष गरिरहेको विषय जगजाहेर नै छ । खोज, अध्ययन र अनुसन्धानको केन्द्रबन्नु पर्ने नेपालको सबैभन्दा ठूलो र पहिलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबण्डाको अखडा बनिरहेको छ । यसै सन्दर्भमा राजनीतिक पहुँचका आधारमा भर्ती गरिएका आंशिक प्राध्यापकहरुलाई करार गर्ने त्रिभुवन विश्वविद्यालयको अनैतिक प्रपञ्चप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको निर्देशन समेत लत्याउँदै त्रिवि नियम विपरित आवश्यक दरबन्दी पूर्ति गर्न सेवा आयोगको परीक्षा सञ्चालन गर्नुको सट्टा आंशिक प्राध्यापकहरुलाई करार गर्ने त्रिविको हर्कत हाम्रो संगठनलाई किमार्थ स्वीकार्य छैन । देशलाई ध्वस्त बनाउने साम्राज्यवादी डिजाईनअनुरुप शिक्षा क्षेत्रमाथि अतिक्रमण सुरु गरिएको छ । यस प्रक्रियामा नेपालका संसदवादी दलहरु दुरुपयोग भइरहेका छन् । शिक्षाको गुणस्तर तहसनहस पार्ने र दक्ष जनशक्तिलाई विदेसिन बाध्य पार्ने त्रिभुवन विश्वविद्यालयको षड्यन्त्रविरुद्ध कठोर संघर्षमा उत्रिन सबै विद्यार्थी साथीहरुलाई हाम्रो संगठन आह्वान समेत गर्दछ ।

अन्तमा हाम्रो संगठन त्रिविलाई आंशिक प्राध्यापकहरुलाई करार गर्ने षड्यन्त्र बन्दगरी तत्काल सेवा आयोगमार्फत दरबन्दी पुर्ती गर्न जोडदार माग गर्दछ । त्रिविले तत्काल गल्ती नसच्चाए हाम्रो संगठन आन्दोलनको आँधिबेहरी सिर्जना गर्नेछ, जसको जिम्मेवार त्रिभुवन विश्वविद्यालय हुनुपर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal