आज :

‘जेलेन्स्की’ चेचन्या सेनाको कब्जामा ! यस्तो छ बास्तविकता, भिडियोसहित

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमा रुसी सेनालाई साथ दिइरहेको चेचन्या सेनाले फेरि एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जस्तै देखिने व्यक्तिको दुबै हातमा हतकडी लगाइएको छ । चेचन्याका नेता रमजान कादिरफको कार्यकक्षमा नक्कली जेलेन्स्कीलाई एक जवानले लिन्छन् ।

चेचन सेनाका सर्वोच्च कमाण्डर तथा  चेचन्याका नेता कादिरफले आफ्नो अफिसियल टेलिग्राम च्यानलमा पोष्ट गरेको उक्त भिडियोमा नक्कली जेलेन्स्कीको हाउभाउ हेर्दा आत्मसमर्पण गर्ने सहमति गरेको देखिन्छ । कमाण्डर कादिरफले केही प्रश्न सोध्छन्, नक्कली जेलेन्स्कीले त्यसको जवाफ दिन्छन् ।

हुबहु जेलेन्स्की जस्तै देखिने उक्त व्यक्तिले चेचेन कमाण्डर कादिरफको अगाडि हतास जस्तै हाउभाउ गरिहरको भिडियोमा देख्न सकिन्छ । कादिरफले जेलेन्स्कीलाई बन्धक बनाएको जसरी प्रश्न सोधेका छन् । यो भिडियो विश्वभर भाइरल भएको छ । चेचेन सेनाले जेलेन्स्कीको खिल्ली उडाउन र यसरी बन्धक बनाउने सन्देश दिन खोजेको बताइएको छ । ड्रेस, दारी–कपाल र अनुहारले हुबहु जेलेन्स्की जस्तै देखिने भएकोले भिडियोबाट धेरै मानिसहरु झुक्किएको बताइएको छ ।

चेचेन सेनाले यसअघि पनि जेलेन्स्की जस्तै व्यक्तिलाई एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाएको भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियोमा जेलेन्स्की जस्तै देखिने व्यक्तिको कुममा हात राखेर चेचेन सेनाका कमाण्डर कादिरफले सम्झौतामा हस्ताक्षर गर्न लगाएका थिए ।

जेलेन्स्कीले भिडियो सन्देशमा देखिने जस्तै कार्यकक्षमा नक्कली जेलेन्स्कीलाई चेचेन कमाण्डरले रुससँग हार स्वीकार गर्न लगाएको थिए । उनले एउटा पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर पनि जेलेन्स्कीको जस्तै थियो । चेचेन कमाण्डरको अगाडि नक्कली जेलेन्स्की हतास देखिन्थे । उनले कतिबेला पानी खान्थे भने कतिबेला केही कुरा बोलिरहेका थिए । सुरुमा तयार नभएको जस्तो देखिएका नक्कली जेलेन्स्कीले चेचेन कमाण्डरको अगाडि उक्त पत्रमा हस्ताक्षर गरेका थिए ।

चेचन्याको सेना जमिनको उत्कृष्ठ लडाइँको पहिचान बनाएको छ । रुसले सैन्य कारवाही गरेको केही हप्तामा कमाण्डर कादिरफले आफ्नो कुशल सेनालाई युक्रेन पठाएका थिए । चेचन्या सेनाले युक्रेनी फौजमाथि हमला गरिरहेका भिडियो सार्वजनिक गर्दै आएको थिइो । चेचन्या सेनाले रुसी सेनालाई साथ दिइरहेको छ ।

यसैबीच युक्रेनले नेटोले दिएको लामो दूरीको रकेट लञ्चरले रुसी सेनामाथि जवाफी हमला गरिहरहेको बताइएको छ । उसँग लामो दूरीको हतियार नभएको भन्दै राष्ट्रपति जेलेन्स्कीले केही दिनदेखि पश्चिमा देशहरुसँग मागिरहेका थिए । पछिल्लो खेपमा त्यस्तो हतियार नेटोले दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

युरोपमा हाहाकार मच्चिने भएपछि ईयूले रुसमाथि लगाएको प्रतिबन्ध खुकुला बनाउँदै लैजाने भएका छन् । समाचार संस्था एफपीका अनुसार ईयूले रुसी बैंकको सम्पती माथि लगाएको प्रतिबन्ध हटाउन लागेको छ । यो प्रतिबन्ध हटाएसँगै रुसले युरोपमा ग्यास तथा इन्धन र खाद्यन्न सप्लाईमा खोल्ने इयूले विश्वास लिएको बताइएको छ । स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले रुसले यूरोपमा ग्यास र खाद्यन्न निर्यात गर्न आफूमाथि लगाएको प्रतिबन्ध हटाउनु पर्ने सर्त राखेको थियो । ईयू रुसका सर्त मान्न लचिलो भएको छ ।

रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनले ईयूले आफ्नो जनताको विरुद्धमा गएको बताएका थिए । रुसमाथि लगाइएको प्रतिबन्धले आफूलाई भन्दा यूरोपलाई नै समस्या हुने बताएका थिए । हालै रुसले बाल्कि सागर हुँदै फ्रान्स ल्याएको ग्यास पाइपलाइन बन्द गरिसकेको छ । अहिले सो पाइपलाइनबाट ग्यास आइरेको छैन । योसँगै प्रत्यक्ष रुपमा फ्रान्स र इटलीसँगै सिंगो यूरोप प्रभावत भएको छ ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal