आज :

रुसी राष्ट्रपति पुटिनको यस्तो कडा चेतावनीले युरोपमा हलचल, आपतकालिन बैठक बस्दै

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोप आपूर्ति हुने रुसी प्राकृतिक ग्यासको बाहब पश्चिमकै गल्तीको कारण घटेको र यो अझै घट्ने चेतावनी दिएका छन् । मंगलबारको भनाइबाट पुटिनले युरोपेली संघमाथि थप दबाब सिर्जना गरेको बताइन्छ ।

रुसले युरोपेली संघलाई आपुर्ति गर्ने ग्यास रोकेमा आगामी जाडोमा युरोपमा ठूलो असर पर्ने संघको डर छ । त्यसो भएमा आर्थिक तथा राजनीतिक उथलपुथल ल्याउनेछ ।

बुधबार युरोपेली संघले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने विषयमा आपतकालिन बैठक बोलाएका छ । विज्ञले अहिले नै युरोपले रुसी ग्यासमाथिको निर्भरता कम नगरेर सबैभन्दा आवश्यक पर्ने बेला(जाडो)मा रुसले आपुर्ति कटौती गरे गाह्रो पर्ने बताएका छन् ।

पुटिनले पश्चिमले रुसी तेलको मूल्यमा सिमा तोक्ने योजनाबारे पनि टिप्पणी गरेका छन् । यस कदमले विश्व तेल बजार अस्थिर हुने र तेलको मुल्य बढ्ने उनले चेतावनी दिए ।

‘केही अचम्मलाग्दा विचारहरु पनि आइरहेका छन् । रुसले कति तेल निर्यात गर्न पाउने भन्नेमा सिमा तोक्ने, मुल्यमा पनि सिमा तोक्ने बताइएको छ । तर यसले पनि मुल्य आकाशिने बाहेक केही प्रभाव पार्दैन ,’ पुटिनले भने ।

फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य कारवाही गरेपछि युरोपेली संघले रुसी कोइला तथा अधिकाशं तेलमा यो वर्षको अन्तिमबाट लागु हुने गरी प्रतिबन्ध लगायो । तर २७ देशको यो समूहले रुसी प्राकृतिक ग्यासमाथि भने प्रतिबन्ध लगाएको छैन । युरोपका उद्योग, विद्युत गृह रुसी ग्यासमा निर्भर छन् ।

यता रुसी सरकारी ग्यास कम्पनी ग्याजप्रोमले जर्मनीलाई पठाइरहेको ग्यास ६० प्रतिशतले घटाएको छ । यो अवस्था राजनीतिक प्रतिशोधभन्दा पनि प्राविधिक समस्याका कारण उत्पन्न भएको उसले बताएको छ ।

नोर्ड स्ट्रिम १ पाइपलाइनको एक टबाईन मर्मतको लागि क्यानडा
पठाएको र रुसमाथिको प्रतिबन्धका कारण फर्काउन नसकिएपछि जर्मनीले पाउने ग्यास सुचारु हुन नसकेको रुसले बताएको छ । यही महिनाको अन्तिममा अर्को टबाईन पनि मर्मत गर्नुपर्ने भएकाले क्यानडाबाट टबाईन नफर्किए जर्मनी जाने ग्यास थप घट्ने चेतावनी दिएको छ ।

युक्रेन युद्धपछि युरोपेली संघले रुसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएकाले बदलामा रुसले ग्यास रोक्ला भन्ने डर देखिन्छ । तर रुसले भने प्राविधिक समस्या नआई त्यस्तै कदम नउठाउने बताएका छन्, जसप्रति युरोप विश्वस्त हुन सकेको छैन । अल–जजिरा

यसैबीच रुस र इरान पश्चिमा देशहरुसँग मिलेर मुकाबिला गर्न सहमत भएका छन् । मंगलबार पुटिन र इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीबीच भेटवार्ता भएको छ ।

दुबै नेताबीच रुस र इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी र सैन्य चेतावनीको मिलेर मुकाबिला गर्न सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । इरानको राजधानी तेहरानमा अन्न निर्यात, सिरिया र युक्रेनबारे छलफल भएको छ ।

युक्रेनमा सैन्य कारवाही पछि पुटिनको यो दोस्रो विदेश भ्रमण हो । यसअघि पुटिनले जुन महिनामा ताजिकिस्तान र तुर्कमेनिस्तानमा गरेका थिए । पूर्व सोभियत सङ्घका यी दुबै देश रुसको पक्षमा उभिँदै आएका छन् ।

रुस र इरानबीच अर्को महत्वपूर्ण सम्झौता पनि भएको छ । मङ्गलवार रुसी ऊर्जा कम्पनी ग्याजप्रोपले इरानको सरकारी तेल कम्पनीसँग ४० अर्ब अमेरिकी डलर बराबरको एउटा नयाँ सम्झौता गरेको थियो । तर, कारोबार डलरमा नगर्ने सहमति पनि भएको छ । यसअघि दुईबीच पनि डरलमा भइरहेको थियो ।

पुटिनका विदेश नीति सल्लाहकार युरी उषाकोभले खामेनेईसँगको सम्पर्क निकै महत्वपूर्ण रहेको बताएका छन् । उनले द्विपक्षीय र अन्तर्राष्ट्रिय मामिलाका महत्वपूर्ण विषयमा एउटा विश्वासिलो संवाद विकास भएको बताए ।

सिरियाको विषयमा रुस र टर्कीलाई एक ठाउँमा ल्याउन इरानमा भूमिका खेलिरहेको छ । रुस र टर्कीले सिरियामा दुई भिन्न पक्षलाई साथ दिएका छन् । उत्तरी सिरियामा अमेरिकाले सघाइरहेको कुर्दिस लडाकुविरूद्ध नयाँ हमला सुरु गर्ने टर्कीको चेतावनी दिइरहेको बेला यो वार्ता भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal