काठमाडौँ – त्रिभुवन विश्वविद्याल नेपालभाषा केन्द्रीय विभाग पाटनढोकामा कात्तिक २६ गते बुधवाः एक कार्यक्रमवीच विशेष अतिथि भाषा आयोगका सदस्य माननीय सुरेश मानन्धरंले नेपालभाषा जर्नलको विमोचन गर्नुभयो ।
नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पंचवीरसिंह तुलाधरद्वारा त्रिवि र विभिन्न व्यक्तिहरूले स्थापना गरिराखेको छात्रवृत्तिसंगे पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्तितर्फ त्रिवि छात्रवृत्ति पहिलो सेमेस्टरबाट सुजना महजन र महेश्वरी महर्जन, तेस्रो सेमेस्टरबाट समष्टि शाक्य र रामजी बलामी पुष्पदेवी छात्रवृत्ति पहिलो सेमेस्टरबाट नानीहेरा शाक्य र दिलदेवी महर्जन तेस्रो सेमेस्टरबाट नीता तुलाधर र प्रमिला महर्जन, खैगुली छात्रवृत्तिमा ज्ञानराम श्रेष्ठ र योगवीरसिंह अनुसन्धान वृत्तिमा पुजा मानन्धरलाई प्रमुख अतिथि पञ्चवीरसिंह तुलाधरले वितरण गर्नुभयो साथै पुरस्कारतर्फ पीयूष पदक रामेश्वर श्रेष्ठ, सत्यहेरा सिरपाः पंचलाल महर्जन र श्रेष्ठ पदक रामेश्वर श्रेष्ठ प्रथम, नितु डंगोल दोस्रो र हसना महर्जन तेस्रो हुन सफल भएकालाई पनि प्रमुख अतिथि तुलाधरंले पुरस्कार प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पञ्चवीरसिंह तुलाधर, विशेष अतिथि माननीय सुरेश मानन्धर, अतिथि प्रा.डा. ओमकारेश्वर श्रेष्ठ, सभापति विभागीय प्रमुख डा. राजनलाल जोशी, पाटन क्याम्पस प्रमुख डा. रघुबीर विष्ट, , उप प्रध्यापक राजितबहादुर श्रेष्ठ, पाटन क्याम्पस स्ववियु सभापति रोहित कपाली, लुमन्ति दबूका अध्यक्ष यादव रंजितले आ(आफ्नो मनतव्य राख्नु भएको थियो।


अनलाइन डबली


