आज :

पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध, सर्वोच्च अदालतले दियो यस्तो आदेश

  • अनलाइन डबली

कोलम्बो । श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ ।

अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ । अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेबार रहेको लगायतका आरोप लगाउदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनु परेको थियो । त्यही प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाडेका छन् ।

राजपाक्षे सत्ता ढलेसँगै खुलेको बाटो
श्रीलंकाका राष्ट्रपति गोटबाये राजपाक्षेले १३ जुलाईका दिन बिहानै देश छाडे। दुई दशकदेखि परिवार नै सत्तामा रहेको राजपाक्षेको यो अपमानपूर्ण बहिर्गमन अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्राथमिकताका विषय बनेका छन्।

यसको एक दिन अगाडि मात्र उनको सरकारी आवासमा हजारौँ जनाले विरोध प्रदर्शन गरेका थिए। धेरै महिना अगाडिदेखिको आर्थिक संकट समाधानको बाटोमा नगएर थप बढ्न थालेपछि राजीनामाको माग गर्दै प्रदर्शन भएको हो।

श्रीलङ्कामा अझै दैनिक बिजुली बत्तीको अभाव, नगद अभाव, इन्धन र अभावका साथै औषधि लगायत अत्यावश्यक वस्तुको अभाव अझै यथावतै छ। मूल्य वृद्धिका अप्रिल महिनामा प्रधानमन्त्री महिन्दा राजपाक्षेको विरुद्धमा प्रदर्शन सुरु भएको थियो। उनले मे महिनामा राजीनामा दिएका थिए।

उनका समार्थकले विरोधी प्रदर्शनकारीमाथि आक्रमण सुरु गरेपछि राजपाक्षेले राजीनामा दिएका हुन्। त्यो आक्रमणसँगै देशभर झडपको अवस्था सिर्जना भएको थियो। देशका थुप्रै राजनीतिज्ञको घरमा आगलागी भएका थिए। यसमा महेन्दाको घर पनि समावेश थियो। उत्तेजित भिडको आक्रमणसँगै महेन्दाले पद त्याग गरेका थिए।

उनको राजीनामाको बाबजुद उनका भाइ ७३ वर्षीय गोटबाय माथिको दबाब भने कम हुन सकेको थिएन। उनले आफू माथिको दबाब कम गर्नका लागि धेरै अधिकार आफ्नै अधिकार कटौती गर्दै संसद्लाई दिएका थिए। उनैले संयुक्त सरकारको अवधारण ल्याउँदै रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री बनाए।

यसले आक्रोशलाई अझ बढाएको थियो। पाँच पटक प्रधानमन्त्री भएर कुनै कार्यकाल पुरा गर्न नपाएका उनी राजपाक्षेकै निकट मानिन्थे।
श्रीलङ्काको संकट बढ्दै जानुका साथै खाद्यान्नदेखि इन्धनसम्मको संकट बढेसँगै प्रदर्शनकारीको आक्रोश र विरोधको गति पनि बढेको थियो। ९ जुलाईका दिन हजारौँ जना राजपाक्षेको सरकारी आवासमा पुगेर प्रदर्शन गरेका थिए।

उनको दाइ जस्तै राष्ट्रपति राजपाक्षे पनि कुनै सुरक्षित स्थानमा गएर बसेका थिए। धेरैका आशङ्काको उत्तर पूर्वको हवाई सेनाको अड्डामा बसेको भन्ने नै छ।

उनी श्रीलङ्का सेनाको जहाजमा माल्दीभ्स हुँदै सिंगापुर पुगेका छन्। अझै राजीनामा नदिएका गोटबाय कतै जाने योजनामा छन्। त्यहाँ पुगे पनि राजीनामा नदिने योजना भएका उनले स्थिति मत्थर भएपछि कानुनी बाटो रोज्ने उपाय अवलम्बन गरेको जनाइन्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal