आज :

पुटिनले नयाँ कानुनमा हस्ताक्षर गरेसँगै पश्चिमा देशहरु तनावमा, रुस विरोधी देशमा हमला गर्न सेनालाई अनुमति (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आ’तंकवाद सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन् । अब आतं’कवादी गतिविधि भएका देशहरुमा अब रुसी सेनाले सिधै अप्रेशन चलाउन सक्नेछ । रुसविरुद्ध गतिविधि हुने देशहरुमा हमला गर्न यो कानुनले अनुमति दिएको बताइएको छ । अहिलेसम्म रुसी सेनालाई अन्य कुनै पनि देशमा सिधैं सैनिक अप्रेशन गर्ने अनुमति थिएन ।

रुसविरुद्धमा नेटो र अमेरिकाले युरोपका साना देशहरुमा गतिविधि बढाएसँगै पुटिनले यो कानुन जारी गरेका हुन् । नेटाले लिथुनिया, फिनल्यान्ड, बुल्गेरियाजस्ता देशहरुमा सैनिक गतिविधि बढाएको समाचारसँगै रुस नयाँ सैन्य कानुन जारी गरेको हो । कानुमा कस्ता गवितिधिलाई आतंकवाद मानिएको छ भन्ने कुरा खुलाइएको छैन । तरपनि रुसविरुद्ध लाग्ने कुनै पनि देशलाई रुसले आतंकवादी गतिविधि भन्न सक्ने बताइएको छ ।

भारतीय रक्षाविज्ञहरुले रुसलाई यो कदम उठाउन अमेरिका र नेटोेले बाध्य पारेको बताउँछन् । युक्रेनमा सैन्य कारवाहीसँगै अमेरिका र इयूले बाल्टिक देशहरुलाई रुसविरुद्ध उचालेको भरतीय रक्षा विशेषज्ञको दाबी गरे । अमेरिकाले ती देशहरुमा हतियार बिक्री गर्न चाहिरहेको उनीहरु बताउँछन् । त्यो भन्दा पहिले बाल्टिक देशहरुलाई रुसबाट असुरक्षित भएको भन्ने बनाएको छ ।

युक्रेन युद्धको रिपोर्टटिङ गरिरहेका भारतीय पत्रकार बिबेक बाचपाईले यो कानुनसँगै रुसलाई पत्यक्ष दवावमा परेको देश लिथुनियामा रुसी सेनाले हमला गर्न सक्ने बताउँछन् । नेटो सेनाले साना देशहरुमा सैनिक गतिविधि बढाएपछि पुटिनले यो नयाँ कानुन ल्याएको उनी बताउँछन् । रुसले लिथुनिया र कलिनिनग्राथ पहिलो निसाना हुन सक्ने बताइएको छ । त्यस्तै रुसविरुद्ध उभिएका कुनै पनि देशहरु विरुद्ध रुसले सैन्य कारवाही गर्न सक्ने विज्ञहरु बताउँछन् । यो नयाँ सैन्य कानुनसँगै तेस्रो विश्वयुद्धको सम्भावना बढेको छ ।

रुसले पछिल्लो हमला युक्रेनको भिनित्यिा सहरमा गरेको छ । ब्ल्याक सीमा रहेको पनडुब्बीबाट यो सहरमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले पुष्टि गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले रुसले आवसीय क्षेत्रमा हमला गरेको बताएका छन् । क्षेप्यास्त्र प्रहारबाट २० जनाको मृत्यु र ९० जना घाइते भएको युक्रेनले स्वीकार गरेको छ ।

उता रुसले भने युक्रेनले पश्चिमा देशहरुबाट ल्याएका हतियार लुकाएका सैन्य इलाकामा प्रहार गरेको दाबी गर्दै आएको छ । आवसीय क्षेत्रमा हमला गरेको अस्वीकार गरेपनि रुसले यस घटनाबारे थप जानकारी दिएको छैन ।

युक्रेनको दक्षिण पश्चिममा रहेको यस सहरमा अहिलेसम्म यति ठूलो हमला भएको थिएन । रुसले हमला नगरेको क्षेत्र भएकोले युक्रेनले यहाँ हतियार भण्डार गरिरहेको थियो । रुसले अहिले पश्चिमा देशहरुले दिएका हतियारलाई निसाना बनाइरहेको छ ।

युक्रेनले हालै खेरसनमा रुसी सेनामाथि हमला गरेको थियो । अमेरिकाले दिएको लामो दूरीका रकेट प्रहार गरेको थियो । खेरसनस्थित रुसी सेनाको कब्जामा रहेको एयरपोर्टमा युक्रेनी फौजले हमला गरेका थिए । सो हमलामा रुसको क्षति भएको युक्रेनले दाबी गरेको छ । तर, रुसले भने केही बताएको छैन र उक्त सहर रुसकै कब्जामै छ ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal