आज :

राष्ट्रपति सीकाे सन्देश बाेकेर चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेता काठमाडौँ आइपुगे, कोको सँग गर्दैछन् भेटवार्ता ?

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का उच्च नेता चार दिने भ्रमणको क्रममा काठमाडौँ आइपुगेका छन् । सिपिसीका विदेश विभाग प्रमुख समेत रहेका लिउ जियानचाओ नेतृत्वको टोली आज )आइतबार) काठमाडौँ आइपुगेको हो । जियानचाओको नेतृत्वको आठ सदस्यीय भ्रमण टोलीले आजैबाट भेटवार्ता सुरु गर्ने बताइएको छ ।

एमसीसी र एसपीपीबारे कडा जवाफ दिँदै आएको चीनको भ्रमणलाई चाँसोको साथ हेरिएको छ । एमसीसी पास गरेपछि चीनको यो दोस्रो ठूलो भ्रमण हो । चैत्रमा विदेशमन्त्री विदेशमन्त्री वाङ यीले तीन दिने नेपाल भ्रमण गरेर स्वादेश फिर्ता भएका थिए । विदेशमन्त्रीको भ्रमण एमसीसी पारित भएपछि भएको थियो भने यो एसपीपी अस्वीकार गरेपछि ।

भ्रमणको क्रममा विदेश विभाग प्रमुख लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने सार्वजनिक भइसकेको छ । टोलीले अन्य साना दलका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने स्रोतहरुका दाबी छ ।

लिउले जुनबाट मात्रै विदेश विभागको जिम्मेवारी समालेका थिए । उनी कुटनीतिक र विदेश मामिलामा निपुर्ण रहेको चिनियाँ संचारमाध्यमहरु बताउँछन् । उनको यो पहिलो नेपाल भ्रमणलाई चाँसोको साथ हेरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनफिङको सन्देश बोकेर लिउ नेपाल आएको बताइएको छ । चीनले नेपालमा पश्चिमाहरुले जबरजस्तको राजनीति गरेको बताउँदै आएको छ । एमसीसीमा पनि अमेरिकाले जबरजस्त गरेर पारित गराएको बताउँदै आएको चीनले एसपीपी अस्वीकृत गरेकोमा भने धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal