आज :

रुस, चीन र इरानले अमेरिकामा संयुक्त सैन्य अभ्यास गर्दै, तनावमा जाे बाइडेन

  • अनलाइन डबली

काठमाडौँ । रुस, चीन र इरानले दक्षिण अमेरिकामा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । शक्ति सम्पन्न तीन देशले भेनेजुएलासहित दक्षिण अमेरिकी अन्य १० वटा देशहरुसँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । युक्रेन घटनाले विश्व तरंगित भएको विश्व राजनीतिकले यो सैन्य अभ्यासलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युक्रेनलाई प्रत्यक्ष सहयोग गरेका कारण सम्बन्ध शत्रुतापूर्ण रहेको अवस्थामा रुस आफ्ना सहयात्री देशहरुसँगै अमेरिकाको नाकैमा पुग्न लागेको छ । यो सैन्य अभ्यासले अमेरिका विरोधी गठबन्धन युद्धको लागि तयार रहेको अर्थपनि दिन लागेको बताइन्छ ।

सेन्टर फर ए सिक्योर फ्री सोसायटी नामक थिंकट्यांकका अनुसार अगस्ट महिनाको मध्यमा सैन्य अभ्यास हुनेछ । त्यसको प्रमुख अतिथि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रहनेछन् । अमेरिकाले जति गर्दा पनि नसकेको भेनेजुएलाले अमेरिकी विरोधी देशहरुसहित सैन्य अभ्यासको पहल गरेको बताइन्छ ।

स्नाइपर फ्रन्टियर प्रतियोगिता नामक यी युद्ध अभ्यासहरूमार्फत दक्षिण अमेरिका बहुध्रुवीय शक्तिलाई अँगाल्न तयार रहेको संकेत दिन खोजिँदैछ । रुसले पहिलोपटक पश्चिमी गोलार्धमा युद्ध अभ्यास गर्न लागेको हो । दक्षिण अमेरिकामा अमेरिकाविरोधी सरकारहरू धमाधम गठन भइरहेको बेलामा उनीहरू रुस, चीन र इरानसँग सम्बन्ध बढाउन चाहन्छन् भन्ने सन्देश यस युद्ध अभ्यासले दिनेछ ।

भेनेजुएलामा क्रान्ति सम्पन्न भएदेखि नै अमेरिकाले त्यसलाई नेतृत्वको ह’त्या गरेर ढलाउन खोजेको थियो तर आजसम्म सकेको छैन । कहिले देशभित्रै र कहिले बाहिरबाट सैन्य घुसपैठको प्रयास पनि गरेको पटकपटक सार्वजनिक हुँदै आएको छ । फिडिल क्यास्त्रोलाई त ५२ पटकसम्म ह’त्याको प्रयास गरेको बताइन्छ ।

यो सैन्य अभ्यासले युक्रेन घटनामा रुसी विरोधी गठबन्धनलाई चुनौती दिने रक्षा विज्ञहरु बताउँछन् । अमेरिकाले आफ्नो गठबन्धन विस्तार गर्दै गएपछि रुस र चीनले त्यसलाई काउन्टर दिन यो सैन्य अभ्यासमा जुटेको बताइन्छ । यो सैन्य अभ्यासले सम्भावित तेस्रो विश्वयुद्धमा नेटो विरोधी गठबन्धनको संकेत समेत गरेको छ । अमेरिकाका छिमेकी देशहरु नै रुस-चीनको गठबन्धनमा धमाधम जोडिदैछन् ।

दक्षिण अमेरिकाका अर्जेण्टाईना, पेरु, भेनेजुएलालगायतका देशहरु अमेरिकी नीतिको विपक्षमा उभिँदै आएका छन् । उनीहरु अमेरिकाको विरोध गर्दै चीन, रुस जस्ता समाजवादी शिविरका देशहरुसँग सम्बन्ध बढाउँदै आएका छन् ।

यी पश्चिमका आफूलाई ठुला र शक्ति सम्पन्न भन्नेहरुबाट उपनिवेश थिए । दक्षिण अमेरिकाकामा चलेको समाजवादी क्रान्तिको बेला केही देशहरु मुक‍्त भए र केही अझै अप्रत्यक्ष रुपमा उपनिवेशकै रुपमा रहेका छन् । ती देशहरुमा फेरि समाजवादी क्रान्तिको लहर आउन लागेको संकेत देखिएको छ ।

दक्षिण अमेरिकाका धेरै देशहरुको सम्बन्ध रुस र चीनसँग बढ्दै गएको छ । केही देशहरुमा अमेरिका विरोधी नेतृत्व सत्तामा पुगेका छन् । त्यसैबेला हुने यो सैन्य अभ्यासले अमेरिकालाई तनाव दिने बताइन्छ ।

सैन्य अभ्यासले अमेरकी राष्ट्रपति समेत तनावमा रहेको बतान्छ । दक्षिण अमेरिकामा बोलिभिया, ब्राजिल, चाईल, कोलम्बिया, इक्युवेडर, गुयाना, पनामा, परागुवे, सुरिनामा, रुगुवे पनि छन् । सन्य अभ्यासमा दशवटा देशहरुका सेना पनि सहभागी हुने बताइए पनि यो संख्या अझै बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal