आज :

युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै राष्ट्रपति पुटिनले फेरी दिए यस्तो कडा आदेश, तनावमा जेलेन्स्की

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रामक बनाउन आदेश दिएका छन् । रुसी सेनाले सम्पूर्ण लुगान्स्क क्षेत्रलाई नियन्त्रण लिइरहेका बेला पुटिनको उक्त आदेश आएको हो ।

‘पूर्वी समूह र पश्चिम समूहलगायत सैन्य एकाइहरूले पहिले स्वीकृत योजनाअनुसार आफ्नो कार्य पूरा गर्नुपर्छ’, युक्रेनमा रुसले चाल्नुपर्ने आगामी कदमबारे पुटिनले रक्षामन्त्री सोइगुलाई भने ।

पुटिनले अगाडि थपे, ‘मलाई आशा छ कि सबै कुरा उनीहरूको दिशामा जारी रहनेछ, जुन लुगान्स्कमा भएको छ । ’सोइगुले पुटिनलाई यस साताको अन्त्यमा रुसी सेनाले लुगान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएको बताएका थिए ।

लुगान्स्क क्षेत्रलाई नियन्त्रण क्रेमलिनको लागि ठूलो विजय भएको जनाइएको छ । पुटिनले सोमबार लुगान्स्क अभियानमा भाग लिएका सेनाले आराम र आफ्नो लडाई क्षमता पुनविकसित गर्नुपर्ने सुझाव दिएका थिए ।

पुटिनको यस्तो आदेशके युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की थप तनावमा परेका छन् । उता सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेको समाचारमा जनाइएको छ । अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाई छ ।

‘हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौँ, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रुपमा तत्कालै यो रकमको आवश्यकता परेको छ ।’ उनले भने।

‘अन्य सहायताका अतिरिक्त अहिले नै यहाँका महिला तथा बालबालिकालाई खाद्यान्नको आवश्यकता छ र उनीहरुलाई अझ बढी त पोषणको पनि जरुरत रहेको छ।’ उनले भने ।

आवश्यक पोषण र खाद्यान्नको अभावमा यहाँका बालबालिका कुपोषणको शिकार भइरहेका र कतिपय स्थानका नागरिकले खाद्यान्न र औषधिजस्तो आधारभूत आवश्यकता नै पाउन नसकेका भन्दै यसअघिदेखि नै संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि सहायताको जरुरत परेको बताउँदै आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal