काठमाडौँ । युक्रेन युद्धमा एकपछि अर्को भूभाग गुमाइरहेको युक्रेनद्ये डोनबास क्षेत्र गुमाइसकेको युक्रेनले राजधानी किभलगायत ओडिसामा संघर्षरत छ । रुसी सेनाले राजधानी किभमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । यही बेला सेना स्नेक आइल्यान्डबाट रुसी सेना पछि हटेको छ ।
रुसले सैन्य कारवाही सुरु गरेको केही हप्ताभित्रै युक्रेनले सो रणनीतिक महत्वको टापु गुमाएको थियो । त्यसपछि युक्रनेले यो जलमार्गबाट आयत र निर्यात गर्न सकेको थिएन ।
रुसको नियन्त्रणमा पुगेको स्नेक आइल्यान्डमा अमेरिकाको सहयोगमा युक्रेनले पुनः हमला सुरु गरेको थियो । कबिर दुई हप्तासम्मको भिषण लडाइँपछि आफूले सो क्षेत्र फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ ।
राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले आफ्नो प्रहारलाई थेग्न नसकेर रुसी फौज स्नेक आइल्यान्ड छोड्न बाध्य भएको दाबी गरेका छन् ।
त्यस्तै युक्रेनको दक्षिण सैन्य कमान्डले विजय दाबी गर्दै राति आफ्नो क्षेप्यास्त्र र हतियारको प्रहारसहितको सफल सैन्य कारबाहीको नतिजा स्वरूप रुसी सैनिक डुंगा चढेर बाहिरिएको बीबीसीले उल्लेख गरेको छ ।
त्यसैगरी युक्रेनमा सशस्त्र बलहरूका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भूभागको रक्षा गर्न सघाएका सबैलाई धन्यवाद दिएका छन् । उनले युक्रेनका विदेशी सहायतादाताहरूलाई पराजयको साधन प्रदान गरेकोमा धन्यवाद समेत दिए ।
उता रुसले भने आफूले विश्वमा खाद्यन्न संकट हुन नदिन युक्रेनमा उत्पादन कृषिजन्य बस्तुको निर्यातको लागि सो मार्ग खुला गरेको बताएको छ । यसले संयुक्त राष्ट्रसंघ र अन्य थुप्रै देशहरुले सो मार्ग खुला गर्न माग गरेका कारण आफ्नो सेना पछि हटेको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले स्नेक आइल्यान्डबाट आफ्नो पछि हटेसँगै युक्रेनबाट कृषि उत्पादन निर्यात गर्न मानवीय मार्ग खोलेको बताएको छ । उसले आफूले मानवीय मार्ग रोकेको भन्ने आरोप केही समयको लागि भएपनि अन्त्य भएको जनाएको छ ।
युक्रेनको किनारबाट ४० किलोमिटरको दूरीमा ब्ल्याक सीमा रहेको स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । सोही जलमार्ग हुँदै युक्रेनको उत्पादन ढुवानी हुने गरेको थियो ।
रक्षा विज्ञहरुले रुसी सेना स्नेक आइल्यान्डबाट पछि हट्नु भनेको युक्रेनको लागि ठूलो सफलता भएको बताउँछन् । यसले युक्रेनीहरुको मनोबल बढाएको समेत बताइएको छ ।