आज :

अखिल क्रान्तिकारीको विशेष भेला सम्पन्न, अध्यक्षमा मिलन राई निर्वाचित

  • अनलाइन डबली

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा मिलन राई निर्वाचित भएका छन् । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको काठमाडौँमा सम्पन्न विशेष भेलाले राईको अध्यक्षतामा ७६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

संगठनको उपाध्यक्षमा विरेन्द्र शाह, महासचिवमा रुपा बुढा मगर, सचिव नबराज भट्ट र कोषाध्यक्षमा दिपक बिष्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न भेलाले शैक्षिक क्षेत्रमा सुधारको लागि संघर्षका कार्यक्रम समेत तय गरेको बताइएको छ ।

काठमाडौँमा असार १२ गते सनराइज स्मृति दिवससको दिन पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले भेलाको उद्घाटन गरेका थिए ।

भेलामा देशभरबाट करिब ६ सय प्रतिनिधिहरू सहभागी भएका थिए । पार्टी विभाजनसँगै नेकपा निकट अखिल क्रान्तिकारीबाट महासचिव राइ, सचिव विरेन्द्र शाह, काेषाध्यक्ष रूपाकाे नेतृत्वमा अखिल क्रान्तिकारी पनि विभाजन भएकाे थिए ।

अखिल क्रान्तिकारीले पदाधिकारीसहित केन्द्रीय समिति निर्वाचित गर्न विशेष भेला बाेलाएकाे थियाे । यसअघि राइलाइ संयाेजक बनाइएकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal