काठमाडौं । कारो फिल्म्स् ब्यानरले नयन राज पाण्डेको चर्चित ‘लू’ उपन्यासबारे बनाउन लागेको चलचित्रको निर्देशन प्रदिप भट्टराईले गर्ने भएका छन्। निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराईबीच फिल्म निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।
निर्देशक भट्टराईले जात्रा, जत्रै जात्रा, सत्रु घते जस्ता उत्कृष्ट सफल फिल्म को निर्देशन तथा निर्माण गरेका छन्। ‘लू’ उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाईमा जति रोमान्चक छ फिल्म हेर्दा पनि त्यतिकै मज्जा आउने भएको निर्माताको दाबी छ।
राम्रो सेन्स अफ ह्युमर भएको यो उपन्यासमा बच्चादेखि बृद्धाले हेर्ने मिल्ने निर्माता खरेलले बताएकी छन्। चलचित्रमा नेपाल र भारतको सीमाको पनि बिषय उठाइएको छ । दर्शकलाई मनपर्ने कथा, बिषय, ह्युमर सबै उपन्यासले समेटेको दाबी गरिएको छ।
कारो फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली फिल्मलाई अर्को उचाईँमा लाने रहेको कम्पनीले जनााएको छ । नेपालको बास्तविकता संसारभरका मानिसहरुले चलचित्रको माध्यमबाट हेर्न र बुझ्न पाउने निर्माता कम्पनीको दाबी छ । साथै, कारो फिल्म्सले लूलगायत अरु पनि बिग बजेट फिल्म्स बनाउने कम्पनीले जनाएको छ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


