आज :

तेश्रो पटक ढलेको १० दिनमा मरिन् काजलकली

  • अनलाइन डबली

चितवन । चितवनको सौराहास्थित होटल प्याराडाइजमा लडेर उठ्न नसक्ने भएको पोथी हात्ती काजलकली आइतवार दिउँसो मरेकी छ ।

हात्तीको रेखदेख गर्दै आएका होटलका सञ्चालक श्रीलाल परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेर ४० मिनेट जाँदा हात्ती मरेकी हो। हात्तीलाई ढलेको स्थानमा नै हिन्दु परम्परा अनुसार गाँडेर अत्येष्टि गरिएको उनले बताए । त्यसअघि हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएका पशु चिकित्सकले पोष्टमार्टम गरेका थिए ।

तेस्रोपटक ढलेकी हात्ती काजलकली यसपटक भने उठ्न सकेकी थिइन । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरेनरी प्रविधिक किरणराज रिजालले हात्ती ८ दिनदेखि केही नखाई सुतिरहेको बताए ।

‘सुँडले पानी त लैजान्थ्यो तर निल्न सक्दैनथ्यो, सामान्य रुपमा खुट्टा र पुच्छर चलाउँथ्यो तर केही खाएन’, रिजालले भने, ‘हामीले मरेपछि पोष्टमार्टम गरेर हेर्दा भित्र त्यस्तो नराम्रो पाएनौं, फोक्सो पनि ठिकै थियो ।’

उनले हात्ती खाना पचाउन नसकेर र बुढो भएर नै ढलेको बताए । पानी खान समेत छाडेको हात्तीले शनिवारसम्म खुट्टा र सुँड चलाइरहेको थियो । खानपान र स्याहार राम्रो पाए हात्ती ८० बर्षसम्म सजिलै बाँच्न सक्छन् ।

पाँच वर्ष अगाडि भारतबाट किनेर नेपाल ल्याएको हात्तीलाई सौराहा व्यवसायीले पुनः भारत नै बेचेका थिए । तर, भारत लैजाने क्रममा काजलकलीलाई प्रहरीले नियन्त्रणमा लिएर सौराहा फिर्ता गरेको थियो । त्यसको केही समयपछि हात्ती थला परेको थियो ।

काजलकली जेठ ९ गते पहिलोपटक बिरामी भएर ढलेपछि पशु चिकित्सकहरुले हात्तीसारमा नै पुगेर उपचार गरेका थिए र उठेको थियो । १ हप्तापछि जेठ १७ गते काजलकली फेरि ढलेपछि उपचार गरी जेसीबीको सहायताले उठाइएको थियो ।

तर असार २ गते काजलकली तेस्रोपटक ढलेपछि उठ्न सकिन । र मृत्युवरण गरी ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal