आज :

गायिका सुनार मृत्यु प्रकरणमा खुल्यो यस्तो नयाँ रहस्य, को हुन् राति एउटै कोठामा सुतेका प्रेमी ? दिए यस्तो बयान

  • अनलाइन डबली

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पीडित परिवारले ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको छ ।

प्रहरी वृत्त, बालाजुमा परिवारले सुनारको ह’त्या भएको दाबीसहित उनका प्रेमी सूर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको हो । परिवारको जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान थालिएको बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

सुरुमा घटनाबारे अनविज्ञता प्रकट गरेका श्रेष्ठलाई अनुसन्धान अधिकृतले प्राविधिक पक्षको विश्लेषणसहित उनी त्यहाँ रहेको बताएपछि उनले राति सोही कोठामा बसेको रहस्य खुलेको छ । उनले यो कुरा स्वीकार समेत गरेका छन् ।

‘बिहान उठ्दा झु’ण्डिरहेको देखेपछि आत्तिएर भागेको थिएँ’ उनले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘हतार हतार सल निकालेँ, तर सास थिएन ।’ त्यसपछि डराएर सल लिएर आफू कोठाबाट भागेको उनले बताएका छन् ।

उनले बताएअनुसारकै स्थानबाट प्रहरीले सल बरामद गरेको छ । सललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । शव भने पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रहरीका अनुसार सुनारको मोबाइल आइतबार अपरान्हसम्म बरामद नहुनुले पनि शंका बढाएको छ । ‘कोठामा सबैतिर सर्च गरिसक्यौं, मोबाइल भेटिएको छैन’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘श्रेष्ठले सल मात्र लगेको भनेका छन् ।’

सुनारको शवमा घाँटीमा बाहेक अन्यत्र ‘मार्क’ देखिएको छैन । श्रेष्ठले पनि घटनास्थलमा आफ्नो उपस्थिति स्वीकारे पनि उनले आत्म ह’त्या गरेको दाबी गरेका छन् । त्यसैले प्रहरीले पोष्टमार्टम रिपोर्ट कुरिरहेको छ ।

डीएसपी मिश्र भन्छन्, ‘अहिले ज्यानसम्बन्धी कसूरमा जाहेरी आएको छ, भोलि अनुसन्धानबाट देखिएअनुसार प्रहरी प्रतिवेदन बनाएर मुद्दा अघि लैजान्छौं ।’

सुनारको फेसबुकमा शुक्रबार राति १:२० बजे ‘जिन्दगीमा धेरै उतारचढाव भोगेको र जान्ने भएर आफैं एक्लो भएको’ भन्दै स्टाटस पोष्ट भएको छ । ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिनँ, तर पनि हार खाइनँ’ स्ट्याटसमा भनिएको छ, ‘तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिनँ आमा । तिम्री छोरी धेरै थाकी छे ।’

स्टाटसमा आमालाई सम्बोधन गर्दै ‘बहिनी, छोरी छन्, मन बुझाउनु नरुनु’ भनिएको छ । साथै छोरालाई सम्बोधन गर्दै ‘तिमीलाई पढाउन र ठूलो मान्छे बनाउने मन थियो, जसरी भए पनि ठूलो मान्छे बन्नु है, म नभए पनि त मेरो आर्शिवाद सधैं तिमीसित हुने छ’ भनिएको छ ।

फेसबुकमा आफ्नो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनु पनि भनेकी छन् । ‘म धेरै थाकें अब म बाच्न सक्दिनँ, यो दुनियाँ धेरै स्वार्थी छ’ स्टाटसमा भनिएको छ । ‘म आफ्नो इच्छाले यो कदम उचालेकी छु, कसैलाई दोष छैन । कसैले खोजीनीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु, मसित पैसा छैन । थोरै सुन छ, त्यो बेचेर छोरालाई दिनु’ भनिएको छ ।

तर उनका आफन्त र लोक दोहोरी प्रतिष्ठानले यो आईडीबाट पोस्ट भएको स्टाटसमा पनि आशंका गरेको छ । डीएसपी मिश्र भन्छन्, ‘स्टाटसको विषय पनि अनुसन्धान भइरहेको छ ।’

३० वर्षीया गायिका सुनार लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोकदोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोकदोहोरी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal