
काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक राति क्लबमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले भने । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए ।
मृतक सबै १८ देखि २० वर्ष उमेरका छन् । सबै शव टेबलमा भेटिएको हो । मृतकको शरीरमा कुनै घाउ वा चोट लागेको पाइएको छैन् । विषाक्त खानाका कारण उनीहरुको ज्यान गएको अनुमान छ ।
उता श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।
सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।
बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो ।
मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिएका हुन् ।
उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसाधरणलाई आग्रह गरेका छन् ।
श्रीलङ्कामा आर्थिक मन्दी छाएको छ । जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ ।