आज :

चिनियाँ सेना झण्डा फहराउँदै ताइवानतिर अघि बढ्यो, सीको आदेश आएलगत्तै फायर खोल्ने

  • अनलाइन डबली

काठमाडौँ । केही दिनदेखि तनावपूर्ण अवस्थामा रहेको चीन र ताइवन युद्ध नजिक पुगेका छन् । ताइवानले अमेरिकाबाट अत्याधुनिक हतियार ल्याएसँगै चीनले हमला गर्ने चेतावनीसहित दिएको छ ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर सी चिनफिङले आफ्नो सेनालाई अघि बढ्न आदेश दिएका छन् । राष्ट्रपति सीको आदेशसँगै जनमुक्ति सेना ताइवानको सीमा क्षेत्र नजिकै पुगेर रोकिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार चिनियाँ सेना हमलाको लागि अन्तिम आदेशको पर्खाइमा रहेको बताएका छन् ।

त्यसैगरी चिनियाँ वायु सेनाका लडाकु विमानहरु ताइवानको आकाशमा उड्न थालेका छन् । ताइवानको हवाई क्षेत्रमा चीनका एकै पटक १७ वटा फाइटर जेट विमान उडेका छन् । सँगै आणविक ब म बर्षक विमान पनि सँगै रहेको बताइएको छ । चीनका विमानलाई अमेरिकाले दिएको एफ १६ र एफ ३५ विमानले चिनियाँ विमानलाई लखेटेको ताइवानले दाबी गरेको छ ।

चीनको सेना अघि बढेको कुरा ताइवानले पुष्टि गरेको छ । ताइवानको रक्षा मन्त्रालयले उत्तर पूर्वमा चिनियाँ सेनाको जेट विमान घुसपैठ भएको बताएको छ भने स्थलमा पनि सैन्य गतिविधि बढेको बताएको छ । उसले अमेरिकासँग मिलेर मिलाइल सो क्षेत्रमा तैनाथ गरेको जानकारी समेत दिएको छ ।

चीन अघि बढेको जानकारी ताइवानले अमेरिकालाई दिएको थियो । अमेरिकाले आफूले सहयोग गर्ने वचन दिएपछि ताइवानले मिलाइल तैनाथ गरेको बताइएको छ ।

ब्रिक्स समिटमा सीले अमेरिकालाई सिधा चेतावनी दिएका छन् । उनले अमेरिकाको हतियार लिने देशहरुलाई समेत चेतावनी दिएका छन् । सीले ताइवनको नामै नलिएर अमेरिकी हतियार खरिद भारी पर्ने चेतावनी दिएका छन् । त्यस्तै, सीले रुसलाई सहयोग गर्ने समेत बताएको बताइएको छ । सीको यो घोषणासँगै युक्रेन युद्ध विश्वयुद्धतिर अघि बढेको रक्षा विज्ञहरुले बताएका छन् ।

दक्षिण चिन समुद्रमा पनि चिनियाँ सवमरिनले गतिविधि बढाएका छन् । सैन्य अभ्यास गरेजस्तै केही फायरिङ पनि भइरहेका छन् । तर, अहिले नै चीन र ताइवानबीच युद्ध भइसकेको छैन । राष्ट्रपति सीको आदेश आएलगत्तै फायर खोल्ने तयारीमा चिनियाँ जनमुक्ति सेना रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन एसिया भ्रमणको क्रममा जापन पुगेको बेला दिएको अभिव्यक्तिपछि ताइवान क्षेत्रमा झन तनाव बढेको छ । बाइडनले चीनले ताइवानमा हमला गरे अमेरिकी सेना परिचालन गर्ने बताएका थिए । उनको यो अभिव्यक्तिसँग आक्रोसित भएको चीनले अघि बढ्न मनस्थितिमा पुगेको बताइएको छ ।

यसअघिका अमेरिकी नेतृत्वले पनि ताइवानलाई चीनको अंगको रुपमा मान्यता दिँदै आएपनि बाइडनले सैन्य सहयोग गर्ने घोषणाले युद्ध निम्त्याउने चिनियाँ संचारमाध्यमहरुले अधिकारीहरुलाई उदृत गर्दै समाचार सम्प्रेशण गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal