
काठमाडौँ । स्नेक आईल्याण्ड रुसकै नियन्त्रणमा रहेको छ । रुसको नियन्त्रणबाट उक्त क्षेत्रलाई फिर्ता गर्ने भन्दै अमेरिकाको सहयोगमा युक्रेनले पुनः हमला सुरु गरेको थियो । तर, रुसी सेनाले स्नेक आइल्याण्डमा थप अस्त्र तैनाथ गरेको छ । हवाई हमलाको सबैभन्दा शक्तिशाली मानिएको ग्लोबल हक यूएभी अमेरिकाले सो क्षेत्रमा पठाएको थियो । सो क्षेत्रमा प्रवेश गरेपनि यूएभीलाई आफ्नो डिफेन्स सिस्टमले डिटेक्ट गरिदिएको रुसले दाबी गरेको छ । यूएभी डिटेक्ट भएका कारण उसले गर्ने प्रहारलाई रुसी एन्टी सिस्टमले फेल गरिदिएको दाबी गरिएको छ ।
अमेरिकाका यूएभी आएपछि रुसले शक्तिशाली मानिने पन्तशीर २ मिसाइल डिफेन्स, सरफेस टू एयर मिसाइल सिस्टम, एन्टीएयर क्राप्ट सिस्टम र मिसाइल सिस्टम एसए १३ स्ट्रेला पनि स्नेक आइल्याण्डमा तैनाथ गरेको छ । रुसी सिस्टमले अमेरिकी यूएभीले अपेक्षाअनुसा काम गर्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
युक्रेनले टिबी २ ड्रोनमार्फत रुसी सेनामाथि पुनः हमला गरेको दाबी गरेको छ । उसका धेरै मिसाइल रुसी एन्टी सिस्टमले बिचमै निस्क्रिय बनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले रुसी अधिकारीलाई उदृत गर्दै समाचार सम्प्रेशण गरेका छन् । युक्रेनले अमेरिकासहित पश्चिमा देशहरुले दिएका सखोई–२७, मिसाइल सिस्टम, मिग–२९ फाइटर परिचना गरेको छ । युक्रेनीले सखोई–२७ मिसाइलबाट रुसी सैनिकमाथि हमला गरेको दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
रुसले युक्रेनमा सैन्य कारवाही गरेलगत्तै पूर्वी क्षेत्रसँगै स्नेक आइल्याण्डमा पनि हमला गरेको थियो । त्यहाँबाट युक्रेनी फौज भागेपछि यो टापु रुसको नियन्त्रणमा पुगेको थियो । अमेरिका ग्लोबल हक यूएभी र ईयूका सदस्य देशहरुले लामो दुरी मार हन्न सक्ने मिसाइल दिएपछि युक्रेनले पुनः प्रतिरोध सुरु गरेको छ ।
अमेरिकाले यूएभी दिएसँगै यो क्षेत्रमा रुसको ठूलो क्षति हुने र केही दिनमै युक्रेनले फिर्ता लिने सक्ने बताइएको थियो । अमेरिकी यूएभीलाई अन्य कुनैपनि देशका राडर सिस्टमले पनि डिटेक्ट गर्न सक्दैन थिए । तर, रुसले यूएभीलाई डिटेक्ट गरेको छ । अब यूएभीको सर्चपछि गरिने मिसाइल हमला रुसले निष्क्रिय पार्ने बताइएको छ । यदि पछिल्ला समाचार झैं रुसी रडार सिस्टमले यूएभीलाई विफल बनायो भने रुसको अगाडि नै झुक्नुपर्ने अवस्था आउने देखिएको छ ।
अमेरिकाले युक्रेमा पहिलो पटक प्रत्यक्ष अस्त्र पठाएको हो । यो नेटोकै निर्णयअनुसार पठाएको बताइएको छ । यूएभी भन्दा प्रभावकारी अस्त्र नेटोसँग पनि छैन । स्नेक आइल्याण्ड त्यस्तो ठाउँ हो, जहाँबाट रुस तथा नेटोको जलमार्ग छ । यो क्षेत्र जसले कब्जामा लिन सक्यो उसले अर्कोलाई जलमार्ग प्रयोग गर्न नदिने डर छ । यो केही बर्ष पहिले औपचारिक रुपमा रुससँग गाभिएको क्रियामियाबाट २७० किलोमिटर मात्रै टाढा छ भने रुसले भिषण हमला जारी राखेको ओडिसाबाट ४० मिनेटमा यहाँ पुग्न सकिन्छ । युक्रेन र स्नेक आइल्याण्डबीच ८० किलोमिटर फरक छ ।
ब्ल्याक सि को लागि महत्वपूर्ण मार्ग भएकै कारण यो क्षेत्र रुस र नेटा दुबैले प्रतिस्ठासँग जोडेका छन् । युक्रेनले पनि यहीबाट जलमार्ग हुँदै अन्य निर्यात गर्दै आएको थियो । चीनसँगको व्यपार पनि यही मार्गबाट हुँदै आएको थियो । त्यसैले दुबै पक्षले स्नेक आइल्याण्डमा सम्पूर्ण शक्ति लगाएका छन् । अमेरिकी यूएभीले यो क्षेत्रको अप्रेशन सुरु गरेको पनि तीन दिन भइसक्यो । सैन्य अखडामा पहिले भन्दा अहिले हमला बढेपनि रुस एक इन्च पनि पछि नहटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।