आज :

नेकपा एमाले अध्यक्षको घरमा प्रेसर कुकुर बम कसले राख्यो ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एमाले) झापा जिल्ला अध्यक्ष हिक्मत कार्कीको घर अगाडि शंकास्पद फेला परेको छ । प्रदेश १ का पूर्वमन्त्री
समेत रहेका कार्कीको घर अगाडि शुक्रबार विहान प्रेसर कुकरमा बम राखिएको हो ।

झापाको गौरादह नगरपालिका ३ गौरादह बजारस्थित कार्कीको घर अगाडि विहान साढे ५ बजे प्रेसर कुकर फेला परेको थियो । प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएपछि घर परिवारसँगै स्थानीय त्रसित बनेका थिए ।

अहिले कार्कीको घरमा प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । शंकास्पद वस्तु निष्कृय पार्ने तयारी भइरहेको छ । कार्की आफैले घर अगाडि शंकास्पद बस्तु राखिएको भनेर प्रहरीलाई खबर गरेका थिए । नेता कार्की भने घरमा थिएनन् । परिवारलाई उनलाई खबर गरेका थिए ।

कार्कीका अनुसार विहान करिब ४ बजेतिर लाइट नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले शंकास्पद वस्तु राखेर गएका थिए । मोटरसाइकलको आवाज आएको परिवारका सदस्यहरुले बताएका छन् ।

उक्त शंकास्पद बस्तु कसले र किन राख्यो भन्ने खुलेको छैन । यसबारे प्रहरीले अनुसनधान सुरु गरिसकेको बताइएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal