काठमाडौँ । चरम आर्थिक संकटमा फसेको श्रीलंकामा थप समस्या बढ्दै गएका छन् । त्यहाँ राष्ट्रिय ढुकुटी रित्तिएपछि आर्थिक अवस्था जर्जर बन्दै गएको हो । श्रीलंकामा आयत गर्न सक्ने अवस्था नभएकोले भोकमरीको समस्या झनझन बढ्दै गएको छ ।
देशभर संकटग्रस्त घोषणा गरिएको थियो । यो अवस्था सुधार हुन सकेको छैन । नागरिकहरु सडकमा निस्किएका छन् भने सरकार उनीहरुका समस्या समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ ।
नागरिकहरुले नेताहरुका घरघरमा पुगेर थुतेर सडकमा ल्याउन थालेका छन् । उनीहरुले भ्रष्ट नेताहरुकै कारण देश संकटमा पुगेको भन्दै नेताहरु कुट्ने अभियान नै चलाएका छन् । नेताहरुको घर छोडेर भागाभाग भएको छ ।
आर्थिक संकटको अवस्था झनै गहिरिएसँगै मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए । प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति गोटबाया राजपाक्षेले उनको राजिनामा स्वीकृत गरेका थिए । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिं सात्मक बन्दै गएका छन् ।
आर्थिक संकटबाट पार लगाउने भनेर राष्ट्रपतिले रणिल विक्रमसिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
उनले संसदमा बोल्दै मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । बुधबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् ।
पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ । श्रीलंकाली अर्थतन्त्रलाई ुट्य्राकु मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि उनले बताए ।
श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
कठिन परिस्थितिमा प्रधानमन्त्रीको कुर्सी सम्हालेका विक्रमसिंघले पनि तत्कालै श्रीलंकाली अर्थतन्त्रलाई लिकमा ल्याउन सक्दैनन् भन्ने आलोचकहरूको भनाइ छ ।
आलोचनाबाट जोगिन पनि उनले श्रीलंकाली आर्थिक संकट अघिल्लो सरकारकै उपज भएको र त्यसलाई उकास्न आफू लागिपरेको बताउँदै आएका छन् । श्रीलंकाको राजनीतिमा परिवारवाद र भ्रष्टाचारका कारण आर्थिक संकट निम्तिएको बताइन्छ ।