आज :

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

  • अनलाइन डबली

काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व प्रसिद्धाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । यस्तो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।

पारस सड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफिङ्गलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइने कम्पनीले जनाएको छ ।

सहकार्यको बारेमा बोल्दै, सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको भन्दै उनको लगनशीलता र उत्कृष्टताको यात्राले नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए ।

सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारिता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको बताउँदै युवादेखि परिवारसम्म सबैमा उनको लोकप्रियता भएकाले उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरुलाई प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व रहेको बताए ।

खड्काले यो साभेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जीवनमा लिएको मूल्यमाभ्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रुपमा रहेको र आफुले व्यक्तिगत रुपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताए ।

कार्यक्रमामा कम्पनीले खड्कालाई आगामी दिनमा ब्रान्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा प्रस्तुत गर्ने जनाएको छ ।

कम्पनीले भित्ते र फ्लोर टायल्स्, पोलिस्ट भिट्रिफाइड टायल्स, उलेज्ड टायल्स र स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिस, एडेसिम र ग्राउट्स लगायतका निर्माण सामग्रीहरु कम्पनीले उत्पादन गर्दै आइरहेको छ ।

१२,००० भन्दा बढी रिटेल आउटलेट र ५०० भन्दा बढी एक्सक्लुसिभ सोरुमहरु रहेको सोमानि टायल्सको विश्वका ६ महादेशको ८० भन्दा बढी देशहरुमा उत्पादन हरु निर्यात गर्दै आइरहेको छ ।

कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर छ, जसका लागि भारतभर रहेका आफ्नै दुई प्लान्ट र सात साझेदार कम्पनीहरु संग संयुक्त रुपमा उत्पादन गर्दै आइरहेको छ ।

कम्पनीले सेनिटरीवेयर, बाथ फिटिङ्स र एडेसिभ उत्पादनका लागि छुट्टै उत्पादन प्लानटहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal