आज :

रातिसम्म प्राधिरकण र वायुसेवा संघबीच वार्ताः आज ११ बजेबाट नियमित उडान, के भयो सहमित ?

  • अनलाइन डबली

काठमाडौँ । सरकारले कारवाही गर्ने तयारी गरेपछि वायु सेवा संचालक संघ आफूले घोषणा गरेका कार्यक्रमबाट पछि हटेको छ । संघले मंगलबार दिउँसो आजबाट सबै उडान बन्द गर्ने घोषणा गरेको थियो । संघको आन्दोलन घोषणासँगै नेपाल उड्ययन प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गरेर वायु सेवा हडताल प्रतिबन्धित क्षेत्र भएको बताउँदै कारवाही गर्ने चेतावनी दिएको थियो ।

प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीले कसैको धाक र धम्की नचल्ने र सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने बताएका थिए । संघका अध्यक्षलाई पक्राउ गर्ने तयारी भएपछि गएराति वार्ता भएको थियो । गृहमन्त्रालयको समन्वयमा भएको वार्तापछि संघले पूर्व घोषित सम्पूर्ण कार्यक्रम फिर्ता लिएको हो । त्यस्तै प्राधिकरणले गरेको निर्णयबारे छलफल गर्ने सहमति जनाएको थियो ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा भएको वार्तामा सेवा संचालन गर्ने र छलफल र वार्ता जारी राख्ने सहमति भएको बताइएको छ । संघका प्रव्कता योगराज कँडेलका अनुसार ११ बजे मात्रै नियमित उडान हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राती पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै संघ आन्दोलनमा उत्रिएको थियो । प्राधिकरणले कम्पनी विशेषलाई भन्दा पनि एयरपोर्टको सुरक्षाको लागि उक्त निर्णय गरेको जनाएको थियो ।

हवाइ क्षेत्रमा हडताल गर्न प्रतिबन्ध लगाइएको जानकारी हुँदाहुँदैँ पनि आन्दोलनका कार्यक्रम घोषणा गरेपछि संघको विरोध भइरहेको छ । उनिहरुलाई अनुकुल हुने गरी नियम बनाउन नसकिने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal