आज :

राजकुमार र सुनको लौरो दुबै नक्कली भएको थाहा पाएपछि दुर्गा प्रसाईँ ‘मुड अफ’

  • अनलाइन डबली

काठमाडौँ । बेलाबेलामा आफ्नै बोलीका कारण विवादमा पर्दै आएका मेडिकल कलेज संचालक दुर्गा प्रसाई एक पटक फेरि चर्चा र विवादमा आएका छन् । प्रसाईले आफ्नो निमन्त्रणाम दुबईका राजकुमार नेपाल भ्रमण आउन लागेको भनेर एक हप्ता पहिलेदेखि नजिककाहरुसँग प्रचार गर्दै आएका थिए । राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका राजकुमार नभएर राजपरिवारका सदस्य भएको खुलासा भएको छ ।

दुबईका राजकुमार नेपाल भ्रमणमा आउँदा विशेष कुटनीतिक मान्यता दिनु पर्ने र सुरक्षाको व्यवस्था गरिनुपर्ने भएपनि शेख मोहम्मद खुसुक्क नेपाल आएर झापा पुगे । उनले झापा पुगेर प्रसाईँलाई सुनको लौरो उपहार दिए भनेर प्रचार गराइयो । यो प्रचार पनि प्रसाईँ आफैले गर्न लगाएका बताइएको छ ।

विमानस्थलमा भेट हुने बित्तिकै शेख मोहम्मदले खोलेर उपहार दिँदा त प्रसाईँले सुनकै लौरो सोचेको बताइएको छ । प्रसाईँले लौरोमा मर्तिमा लगाइने सुनजस्तै देखिने धातुले बनेको र सुनको जलप लगाएको बताइएको छ ।

दुबईका राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्छन्। उनी सर्वसाधारणसँगै त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा झरेर झापा लागे । उनलाई प्रसाईँले चन्दगढी विमानस्थलमा स्वागत गरे । त्यही बेला शेख मोहम्मदले प्रसाईँलाई सुनजस्तै धातुको लौरो उपहार दिए ।

दुबईका राजकुमारले प्रसाईँलाई सुनको लौरो उपहार दिएको भन्दै संचारमाध्यमहरुमा समाचार पनि लेखाइयो । प्रसाईँ निकट व्यक्तिहरुका अनुसार शेखले आफू राजकुमार भएको बताएको र प्रसाईँ पनि मख्ख भएका थिए ।

सुरक्षा अधिकारीहरुले शेख मोहम्मद दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नभएको र असली राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम भएको पहिलो पटक पुष्टि गरेका थिए । प्रसाईँलाई लौरो उपहार दिने राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार मात्रै हुन् ।

शेख मोहम्मदले उपहार दिएको लौरो धातुको भएको र उनी असली राजकुमार नभएको थाहा पाएपछि प्रसाईँ पनि छक्क परेको बताइएको छ । उनले आज गर्ने भनिएको भ्रमण पनि स्थगित गरिएको छ ।

मुस्लिम समुदायले शेख मोहम्मदलाई स्वागत गर्ने सम्पूर्ण तयारी पनि गरेका छन् । त्यस्तै, विदेशी नागरिक नेपाल भ्रमणमा आउँदा सार्वजनिक कार्यक्रम गर्नु परे परराष्ट्र मन्त्रलायको स्वीकृत लिनुपर्ने हुन्छ तर प्रसाईँले नगरेरै स्वागत कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal