आज :

काठमाडौंमा कामदारबीच ग्याङ फाइट- एक जनाको मृत्यु, थप ववरणसहित

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो ।

लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको छ ।

टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने उनीहरूबीच एकापसमा झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच यात्रु घाइते भएका छन्।

दुर्घटनाका घाइतेमध्य जिल्लाको वनगाँड कुपेन्डे नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय मोतिलाल बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

दुर्घटनामा परेर वनडाँड ४ का ५७ वर्षीय मने बुढा, ६९ को सहदेव बुढा, ५० बर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते छन्। घाइते सबैको उपचार सल्यानमा भइरहेको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी साढे ८ बजेतिर कुपेन्ड–४ को देउलीबाट डोक्चेतर्फ फर्किने क्रममा भे १ ज १०२१ नम्बरको जिप दुर्घटनामा परेको थियो।

जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ। चालक तथा जिपका मालिक स्थानीय उदय बुढा फरार छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal