आज :

विनोद शाहीको न्यायका लागि माइतिघरमा दीप प्रज्वलन, दोषीलाई कारवाही नभएसम्म आन्दोलन 

  • अनलाइन डबली

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको न्यायको लागि काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । शाहीको न्यायको लागि काठमाडौंमा गठन भएको संघर्ष समितिको आयोजनामा शुक्रबार साँझ काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।

यसअघि संघर्ष समितिले घोषित कार्यक्रम अनुसार आज दीप प्रज्वलन गरिएको नेकपा एमालेका युवा नेता विरेन्द्र रावलले जानकारी दिए । उनका अनुसार घटनामा दोषीलाई कारवाही नभएसम्म संघर्षका कार्यक्रम जारी रहनेछन् ।

पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरिँदैछ । प्रहरीले किटानी जाहेरी नलिएको भन्दै आक्रोसित परिवार तथा आफन्तले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछन् । प्रहरीले दोषीलाई पक्राउ गर्न तदारुकता नदेखाएको समेत बताए ।

बैशाख ३० गते मतदानको विषयलाई लिएर जेठ १६ गते नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । १७ गते मध्यरात प्रहरी गाउँमा पसेर सर्वसाधारणलाई लछारपछार गरेसँगै विनोद हराएका थिए ।

जेठ २१ गते विनायक र कालिकास्थान सीमा नजिकै मध्यपहाडी राजमार्गबाट करिब ५ सय मिटर तल विनोदको शव भेटिएको थियो । काँग्रेस नेता कार्यकर्ताहरुले योजनावद्ध रुपमा विनोदको ह’त्या  गरेको आरोप लागेको छ । विनोदको न्यायको लागि अछाममा पनि दिनदिनै विरोध प्रदर्शन जारी छन् । आज मात्रै विनायकबाट सदरमुकामसम्म मोटरसाइलक र्याली निकालिएको थियो ।

पञ्जदेवल विनायक नगरपालिकाकी मेयरसहितका नेपाली काँग्रेसका नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । उनीहरुविरुद्ध पक्राउ पुर्जी समेत जारी गरिएको छ ।

तालिमप्राप्त कुकरसहित प्रहरीको टोली अछाम पुगेको थियो तर अहिलेसम्म शंकाको आधारमा पाँच समातिएको थियो । जसमध्ये तीन जनालाई प्रहरीले छोडेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित चार कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति निकालेर पीडितलाई न्यायको लागि माग गरेका छन् । मंगलबार नेकपा एमालेका नगर इन्चार्ज भीमबहादुर विष्ट, नेकपा माओवादी केन्द्रका सहइन्चार्ज धर्मराज तिमिल्सैना, नेकपा एकीकृत समाजवादीका सहइन्चार्ज केशव शाही र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज सर्जन धामीले संयुक्त विज्ञप्ति निकालेका थिए ।

अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलिया पनि घटनामा दोषी भएको भन्दै उनको निलम्बन गर्न माग समेत उठेको छ । त्यस्तै, घटनामा जोडिएका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनिले पनि दोषीलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै निलम्बन गर्न माग गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal