आज :

‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय

  • अनलाइन डबली

काठमाडौं । नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।

‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

यता गत चैत ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एस्ट्रे’ले बुधबारदेखि डिजिटल प्लेटफर्ममा प्रदर्शन यात्रा सुरु गर्ने भएको छ । फिल्म भोलि अर्थात् असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको हो ।

हलमा ठिकै मात्र व्यापार गरे पनि फिल्मले समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो । खासगरी फिल्मले अभिनय र प्राविधिक पक्षमा तारिफ पाएको थियो । भूपि शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका हुन् ।

पाल्पालीकै लेखन रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल लगायत कलाकारको अभिनय रहेको छ ।

महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रवीन स्याङबो र सुस्मिता पराजुलीले निर्माण गरेका थिए । सुजन खतिवडा, रुपेश ढुंगाना र नवीन ढुंगानाको सहनिर्माणमा बनेको फिल्मलाई उज्वल बस्ताकोटीले छायांकन गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal