आज :

कीर्तिपुरको फोहोरलाई मोहर बनाउँछौंः एनआरएनए

  • अनलाइन डबली

काठमाडौं । गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । उसले काम गर्ने वातावरण बनाए किर्तीपुरको फोहोरबाट मोहोर फलाउने समेत बताएको छ ।

किर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएनए आईसीसीका अध्यक्ष विनोद कुँवरको नेतृत्वको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा छलफल भएको छ । संघकी महासचिव जानकी गुरुङका अनुसार छलफलमा दुब ैपक्षबीच सकारात्मक छलफल भएको छ ।

नेपालमा देखा परेको फोहर बिसर्जनका समस्याहरुलाई न्यूनिकरण गर्न र त्यसलाई अधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी सकारात्मक भएको संघका अध्यक्ष कँुवारले बताए ।

अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमुना नेपालमा पनि प्रयोग गर्न चाहेको बताउँदै भने, “हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतनासतिको वातावरण दिएमा फोहोरबाट सुन फलाउन तयार छौं ।”

गैर आवासीय नोपलीहरु नेपालमा फोहोरदेखि ठूला उद्यौगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रशस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई स्वर्ग बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण गरिदिनुपर्ने धारणा समेत राखे । नगरप्रमुख नकर्मीले नगरलाई स्वच्छ र नागरिकलाई रोजगारी दिनसक्ने उत्साहित र देशप्रेमी जोकोही नेपालीलाई सकेजति सहयोग र सहकार्य गर्न आफू र आफ्नो टिम तयार रहेको बताए ।

सो कार्यक्रममा नगरप्रमुख नकर्मीको कार्यकक्षमा भएको छलफलमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)की महासचिव गुरुङ, युरोप क्षेत्रका संयोजक उल्का घिमिरे र एनआरएन सेकेण्ड जेनेरेसन एम्बेस्डर दिपेश खत्री पनि सहभागि रहेको छलफलले नगरप्रमुखसँग केहिदिनमा आर्को छलफलबाट कार्यको टुङगो लगाउने बताएएको छ ।

संघका अध्यक्षको टालीले नवनिर्वाचित नगरप्रमुख नकर्मीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिँदै गैरआवसीय संघको राम्रो काममा साथ रहने प्रतिबद्धतासेमेत व्यक्ति गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal