आज :

एमसीसी अस्वीकार गरेको श्रीलंकाले अमेरिकालाई दियो अर्को चुनौती, यसो भन्छन् प्रधानमन्त्री विक्रमसिंघे

  • अनलाइन डबली

काठमाडौं । युरोपियन युनियनले रुससँग इन्धन नकिन्ने निर्णय गर्दै सम्पूर्ण प्रतिबन्ध लगाइरहेको बेला श्रीलंकाले इन्धन खरिद गर्ने घोषणा गरेको छ । श्रीलंका प्रधानमन्त्री रनिल विक्रमसिंघेले आफ्नो रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार एपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताए ।

अमेरिका र युरोपले प्रतिबन्ध झन् कडाई गरिरहेको बेला श्रीलंकाका प्रधानमन्त्रीको यस्तो भनाईले विश्वभर नयाँ बहस सिर्जना गरेको छ । अमेरिकासहित पश्चिमा देशहरुले रुससँग इन्धन नकिन्न आग्रह गरिरहेका छन् ।

एमसीसी फिर्तालाई अमेरिकालाई चुनौती दिएको बताइएको थियो भने श्रीलंकाले अहिले रुससँग इन्धन गर्ने र चीनसँग थप ऋण लिने बताएका छन् । यसलाई पनि अमेरिकालाई कुटनीतिक चुनौतीको रुपमा लिइएको छ ।  श्रीलंकाले एमसीसी देश हितमा नभएको भन्दै अस्वीकार गरेको थियो । श्रीलंकाले बरु आर्थिक संकटको सामना गर्न तयार रहेको तर अमेरकी सहयोग लिन तयार भएको थिएन ।

अन्तरवार्ताको क्रममा विक्रमसिंघले बाह्य ऋण बढिरहेको भए पनि चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताए । उनले  आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताए ।

विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलङ्कालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटाबाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्रीको जिम्मेवारी पनि विक्रमसिंघेलाई नै दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal