आज :

मैदानमै बेहोस भएर ढले नेपाली टाेलीका मुख्य प्रशिक्षक अल्मुताइरी…

  • अनलाइन डबली

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’ उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् ।

दाेस्राे हाफकाे सुरु भएलगत्तै अल्मुताइरी नेपालकाे टेक्निकल एरियामा बेहाेस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेकाे दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएकाे थियाे । अस्पताल लैजाँदै गर्दा उनकाे मुखमा अक्सिजन मास्क लगाइएकाे थियाे ।

नेपालले कुवेतसँग पहिलाे हाफमा १ गाेल खाएकाे थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलाे हाफमा रेफ्री र फाेर्थ अफिसियलसँगकाे विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेलाे कार्डसमेत देखाइएकाे थियाे ।

पहिलाे खेलमा जाेर्डनसँग २-० ले हारेकाे नेपालले कुवेतसँगकाे याे खेल ४-१ गाेलअन्तरले गुमाएकाे छ । लगातार दुई हारसँगै नेपालकाे एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal