आज :

काले बिक २ सय २० केभी विद्युत प्रशारण लाइनमा यसरी हिडिरहेका छन् (भिडियाेमा हेर्नुस्)

  • अनलाइन डबली

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका काले भनेर चिनिने प्रेम विक विद्युत प्रसारण लाइनमा विहानदेखि हिडिरहेका छन् । स्थानीयका अनुसार उनी नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेको लिखु गाउँपालिका पुगेको बताएका छन्।

काले भनेर चिनिने प्रेम बिक २ सय २० किभी विद्युत प्रसारण लाइनमा चढेर आज दिनभरी नै हिडिरहेका छन् । उनी उक्त पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली ३ ए को उत्पादन नै बन्द गरेको छ।

भौगोलिक अवस्थाका कारण क्रेन प्रयोग गरेर उद्धार गर्न पनि कठिनाई रहेको थियो । उनीलाई विद्युत प्रशारण लाइनमा हिडेको देख्ने वित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले र स्थानीले उनलाई तल झर्न गरेको आग्रह अस्वीकार गर्दै वरपर हिड्न थालेपछि समस्या पैदा भएको थियो । उनलाई तल झर्न दिएका आवश्वासन काम लागेन ।

जिल्लाबाट थप प्रहरी पठाउँदा पनि उनको उद्धार सम्भव नभएपछि हेलिकोप्टर प्रयोग गर्नु परेको थियो । स्थानीयले उनलाई भात मासु ल्याएर देखाउँदा पनि तारमै हिडिरहे । बोलाउँदा पनि निरन्तर विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी बनाए ।

स्थानीयका अनुसार उनले परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेका थिए । स्थानीयले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेका थिए ।

उद्धारकर्मीबाट भाग्ने, तर्किने गरिपछि दिनभर सो क्षेत्रमा तनाव भयो । विद्युत प्रसारण लाइन नै बन्द गरिएयो । यसबाट नेपाल विद्युत प्राधिकरणलाई करिब एक करोड घाटा पुगेको छ ।

यसरी विद्युत लाइनमा हिड्ने व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला भनेर चिनिने प्रेम विक हुन् । उनी मानसिक रोगी रहेको स्थानीयले बताएका छन् ।

बिकले घरपरिवारमा सधैं झगडा गरिरहेन गर्थे । शनिबार विहानै पनि घरपरिवाले रिसाएपछि एकाएक विद्युत प्रसारण लाइनमा चढेका थिए ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह् गरेकी छन् । उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताएकी छन् ।

भिडियाे

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal