आज :

चीनले भन्यो – ताइवानविरुद्ध युद्ध सुरु गर्छौ

  • अनलाइन डबली

काठमाडौँ । चीनले ताइवानविरुद्ध आफ्नो सेनाले युद्ध सुरु गर्न कुनै नहिचकिचाउने बताएको छ । चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रवार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चीनले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने चेतावनी दिएका थिए ।

अमेरिकी रक्षामन्त्री लोइड अस्टिनसँग सिंगापुरमा भएको वार्तामा चिनियाँ रक्षामन्त्री जनरल वेइ फेन्घे सो चेतावनी दिएका हुन् । चिनियाँ संचारमाध्यमहरुका अनुसार पहिलो पटक भएको बार्ताको क्रममा वेइले ताइवान चीनको भूमि भएको बताउँदै चीनविरुद्ध प्रयोग गर्न खोजे युद्ध सुरु गर्ने चेतावनी दिएका हुन् ।

“यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने लागत जस्तोसुकै भए पनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन” रक्षामन्त्री वेइले भने ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको जनाएको हो । ‘ताइवान चिनियाँ भूमि’ भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी नहुन नसक्ने चिनियाँ रक्षा मन्त्रालयले बताएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले बताएअनुसार सिङ्गापुरमा भएको वार्ताका क्रममा वेइले अस्टिनलाई आफ्नो ताइवानमा चासो नदेखाउन समेत चेतवानी दिएको चिनियाँ संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

अमेरिका र चीनका रक्षामन्त्री बीच जो बाइडन राष्ट्रपति भएपछि फेरि सुरु भएको प्रत्यक्ष संवाद भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा चीनका रक्षामन्त्रीसँगको संवादमा बन्द भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडनले जापना भ्रमणको बेला ताइवानमा चीनले हस्तक्षेप गरे सेना पठाउने भनेर बोलेपछि विवाद चर्केको थियो । अमेरिकाले ताइवानलाई चीनविरुद्ध प्रयोग गर्न खोजेको भन्दै चीनले त्यसविरुद्ध युद्धको चेतावनी दिइरहेको छ ।

बाइडनको भ्रमणपछि चीनले सैन्य गतिविधि समेत बढाएको बताइएको थियो । अब चीन ताइवानबारे अन्तिम कदम चाल्ने तयारीमा रहेको बताइएको छ । चीनले समुन्द्रदेखि हवाई सेनाको अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal