आज :

देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ को टिजर रिलिज आज हुँदै 

  • अनलाइन डबली

काठमाडौं । देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ को आज टिजर रिलिज हुँदैछ । जनताद्वारा, जनताका लागि सिमानामा ‘काँडेतार’ स्लाेगन राखिएको चलचित्र काँडेतारको टिजर ओएसआर डिजिटलमार्फत सार्वजनिक हुने निर्माता नवल खड्काले जानकारी दिए ।

खड्काका अनुसार चलचित्रमा सिमानामा काँडेतार बारले दुई देशको भूमिकाे संरक्षण मात्रै र असल छिमेकीसँगकाे सद्भाव कायम राख्छ भन्ने कथासार रहेकाे छ।

यसअघि दशगजा, आवाज, भिमदत्तजस्ता देशभक्तिपूर्ण चलचित्र निर्माण गर्दै आएका खड्काले यस काँडेतारकाे निर्देशन र निर्माण गरेका हुन्।

चलचित्रमा कलाकाहरु नवल खड्का, गाैरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, राेमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चाैधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चाैधरी, रबि शाह, ज्ञानेन्द्र काेईराला, प्रेम कार्की आदिकाे अभिनय गरेका छन्।

गायिका सत्यकला राई कार्यकारी निर्माता रहेकीछन् भने माकिकाे राई र अन्जु केसी निर्माता रहेकीछन्। शिवम अधिकारी र नवल खड्काकाे लेखन, साैरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द निर्देशन, कविराज गहतराजकाे नृत्य निर्देशन, तारा थापा किम्भे र बन्दे प्रसादकाे सम्पादन र मणि थापा र दिपक शर्माको संगित रहेकाे छ।

देशभक्ति पूर्ण चलचित्रलाई सबै पक्षबाट सकारात्मक सहयोग र साथकाे अपेक्षा राखिएको नवल खड्काले बताउदै आएका छन् । करिव तीन कराेडकाे लगानीमा निर्माण भएको चलचित्रको रिलिज मिति भने ताेकिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal