आज :

सरकारले कर फिर्ता लिएपनि फेरि बढ्यो पेट्रोलीय पदार्थको मूल्य, डिजलमा १२ रुपैयाँ बढ्यो

  • अनलाइन डबली

काठमाडौं । सरकारले कर फिर्ता लिएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गएरातिबाट लागु हुने गरी आयल निमगले नयाँ मूल्य लागु भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मृल्यवृद्धि गरेको छ । निगमले डिजल र पट्टीतेलको मूल्य अहिलेसम्मकै धेरै बढाएको हो । डिजल र मट्टीतेलको एकै पटक १२ रुपैयाँ बढाइएको छ भने पेट्रोलको ८ रुपैयाँ बढाइएको छ ।

‘अन्तराष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको तथा इन्धन इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको हुँदा निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो’ निगमले विज्ञप्तिमा भनिएको छ ।

अब नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

लगातार पेट्रोलिमय पदार्थको मूल्यवृद्धि हुन थालेपछि सडकमा विरोध प्रदर्शन हुन थालेपछि सरकारले १० रुपैयाँ विकास कर फिर्ता लिएको थियो । त्यसपछि निगमले पेट्रोल, मट्टीतेल र डिजलको मूल्य १० रुपैयाँ घटाएको थियो । त्यसको एक हप्ता नबित्दै निगमले पुनः मूल्यवृद्धि गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal