आज :

स्थानीलाई खुशी बनाउँदै बालेनले मध्यरात गरे १८ बुँदे सहमति, आजबाट फोहोर उठ्ने (सहमतिपत्रसहित)

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंका मेयर बालेन साहको अग्रसरतामा उपत्यकामा देखिएको फोहोर व्यवस्थापनबारे फेरि अर्को सहमति भएको छ । विहीबार राति अबेर सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमाका स्थानीय र महानगरपालिकाबीच भएको वार्ता सहमतिमा पुगेको हो ।

यसअघि शहरी विकास मन्त्रालयमा भएको सहमति स्थानीयले कार्यान्वयन नगरी फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

यस पटक दुई पक्षीय वार्ता भएको हो । महानगरपालिका र प्रभावित क्षेत्रका वडा अध्यक्षले हस्क्षार गरेका छन् । काठमाडौंका मेयर बालेन साह, उपमेयर सुनिता डंगोल, प्रशाकीय अधिकृत लाेकनाथ पौडेलले सहमतिपत्रमा हस्ताक्ष गरेका छन् । त्यस्तै, ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रका पहिलो बुँदामा काठमाडौँ महानगरापकिालबाट बञ्चरे डाँडा कुँडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीघृकालिन रुपमा रातिको समयमा गर्ने । रातिको लागि आवश्यक पूर्वाधार वत्ति तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिनाभित्र गर्ने उल्लेख छ ।

त्यसैगरी सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौँ महानगरपालिकाले एक महिलाभित्र व्यवस्थापन गर्ने । फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानकि व्यवस्थापन गर्ने दुई पक्षबीच सहमित भएको छ ।
फोहोर बोक्ने गाडीबाट लिच्चड निस्केर बाटोभरी दुर्गन्ध आउने समस्याको समाधान गर्ने गरी फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था

एक महिनाभित्र मिलाउने, फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने पनि सहमति भएको छ ।

त्यसैगरी स्थानीयले उठाउँदै आएका प्रभाभिवत क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिको लागि महानगरपालिकाले सहयोग गर्ने र प्रभावित क्षत्रमा कृषि प्रवद्धनाका कार्यहरु संचालन गर्न सहयोग गर्नेलगायत छन् ।

यस्तो छ मध्यरात भएको सहमतिपत्रः

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal