आज :

मन्त्री श्रेष्ठको सिंहदरबारस्थित कार्यकक्षमै रामधुलाई, को हुन् कुटपिट गर्ने व्यक्ति ?

  • अनलाइन डबली

काठमाडौँ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।

यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । उनले भने, ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो ।’

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् । यता लामो समयसम्म मधेश प्रदेशको विवाद समाधान नहुँदा स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले केन्द्रबाटै हस्तक्षेपको तयारी गरेको छ ।

गत २५ मंसिरमा सबै प्रदेशको एकसाथ सम्मेलन उद्घाटन भई अन्य सबै प्रदेशमा नयाँ नेतृत्व आउँदा समेत मधेश प्रदेशमा भने समिति नै बन्न सकेको छैन । मधेशका अधिकांश पालिकामा समेत नेतृत्व विवाद टुंगिएको छैन । विवाद समाधान नगरी स्थानीय तहको चुनावमा होमिएको माओवादी केन्द्रले मधेशमा नराम्ररी धक्का समेत खाएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा २१ पालिका प्रमुख जितेको माओवादी यसपालि देशभर समग्रमा बढाउँदा पनि मधेश प्रदेशमा ९ पालिकाको नेतृत्वमा मात्रै खुम्चिएको छ । विवाद समाधान गर्ने पटक–पटकको प्रयासका असफल भएपछि केन्द्रबाटै हस्तक्षेपको तयारी गरिएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आगामी असार १५ मा बस्ने केन्द्रीय समितिको बैठकमा मधेश प्रदेशको विवादबारे निर्णय हुनेछ । ढकालले भने, ‘१५ गते केन्द्रीय समितिको बैठक छ । केन्द्रीय समितिकै बैठकले आवश्यक निर्णय गर्छ ।’

त्योभन्दा पहिले मधेश प्रदेशका नेताहरुसँग बसेर अन्तिम पटक मिलाउन कोशिस गर्ने उनी बताउँछन् । ‘केन्द्रीय समिति बैठकअघि प्रदेशमै जिम्मेवार साथीहरुसँग बस्ने कुरा भएको छ’, ढकालले भने, ‘त्योबाट पनि भएन भने केन्द्रीय समितिले आवश्यक निर्णय त गर्छ । विवादले स्थानीय तहको निर्वाचनमा पनि असर गरेको छ । सधै बन्धक बनाएर राख्ने कुरा हुँदैन ।’

के हो मधेश प्रदेशको समस्या ?
माओवादीको मधेश प्रदेशमा जब्बर दुई गुट छन् । एउटा गुटको नेतृत्व मात्रिका यादव गर्छन् भने अर्को गुटको नेतृत्व गिरिराजमणि पोखरेल । यादव सशस्त्र जनयुद्ध लडेर आएकाहरुको नेतृत्व गर्छन्, जसलाई उनी खाँटी माओवादी भन्छन् । पोखरेल तत्कालीन एकता केन्द्रबाट एकताबाट आएकाहरुको नेतृत्व गर्छन् ।

दुई गुटले एकअर्काको अस्तित्व नै स्वीकार गर्दैनन् । यही कारण हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नराम्रोसँग हार व्यहोर्नुपरेको माओवादीका मधेश प्रदेश इन्चार्ज गणेश साह बताउँछन् ।

असहिष्णु गुटकै कारण महोत्तरीको बर्दिबास लगायत पालिकामा अन्तर्घात भएको साहको मूल्यांकन छ । भन्छन्, ‘पार्टीमा समीक्षा गर्ने भनेपछि असन्तुष्टि, आरोप प्रत्यारोप चलिरहेको छ ।’

आउँदो केन्द्रीय समिति बैठकमा एक अर्कालाई स्थानीय चुनावमा घात गरेको आरोप लगाउने तयारीमा यादव र पोखरेल समूह छ । पालिका स्तरबाटै यी दुई समूहले आफ्नो वर्चश्व जमाउन खोजेका कारण सम्मेलन भएको लामो समयसम्म पालिका र प्रदेश समिति बन्न नसकेको नेताहरु बताउँछन् ।

अझै बनेन प्रदेश समिति
माओवादी केन्द्रले मंसिर २५ मा सातवटै प्रदेशमा एकै दिन प्रदेश सम्मेलन उद्घाटन गरेको थियो । मधेश प्रदेश बाहेक सबैले पहिले नै प्रदेश समिति र पदाधिकारी समेत चयन गरिसकेको भए पनि मधेश प्रदेशमा भने समिति समेत बन्न सकेको छैन ।

मधेश प्रदेश इन्चार्ज साह जिल्लाहरुबाट नाम आउन नसकेकाले प्रदेश समिति बनाउन नसकिएको बताउँछन् । स्थानीय सबै पालिकाहरुको सम्मेलन नसकिएको कारण देखाउँदै मंसिर २५ मा मधेश प्रदेशको सम्मेलन उद्घाटन मात्रै भएको थियो । त्यसको करिब एक सातापछि ३ पुसमा सर्लाहीको लालबन्दीमा बन्दसत्र भएको थियो ।

बन्द सत्रमा भएको सहमतिको प्रयास विफल भएपछि २५ पुसमा आयोजना हुने जयगोविन्द साह स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ जना पदाधकारीसहित २७१ जनाको प्रदेश समिति घोषणा गर्ने पार्टी नेताहरुले बताएका थिए । तर समिति बन्न सकेन । त्यसपछि स्थानीय तहको चुनावअघि सबै विवाद मिलाउने र समिति घोषणा गर्ने प्रयास गरिएको थियो ।

दुवै गुटले पछाडि हट्न नमानेपछि चुनावअघि नै विवाद मिलाउने कोशिस पनि असफल भएको थियो । केन्द्रीय हस्तक्षेपबिना अझै पनि मिल्ने अवस्था नरहेको मधेशकै नेताहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal