आज :

स्कूल जान्छु भनेर घरबाट निस्किएकी रोल्पाकी दुई किशोरी एक हप्तादेखि सम्पर्कविहीन, परिवारको गरे यस्तो आग्रह

  • अनलाइन डबली

दाङ । पछिल्ला दिनमा युवती तथा महिला हराउने घटना बढेका छन् । महिला असुरक्षित भएको भन्दै आवाज उठिरहेको छ तरपनि दिनदिनै युवती तथा महिला हराइरहेकी छन् ।

यसैबीच राेल्पाबाट दुई जनी युवती हराएकी छन् । सुनिल स्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँकी उनीहरु यही जेठ १९ गतेबाट  सम्पर्कविहीन बनेकी छन् । उनीहरु घरबाट स्कूल जान्छु भनेर हिडेकी थिइन् ।

स्थानीय श्रीधर कुँवरकी १५ वर्षीया छोरी काजल र उनकी साथी तथा छिमेकी १५ वर्षकी बबिता कुँवर १९ गते विहान घरबाट स्कुल जाने भनेर सँगै हिडेकी परिवारले जनाएका छन् । परिवारका अनुसार काजल भारतमा कक्षा ८ सम्म अध्ययन गरेर नेपाल फर्किएकी हुन् । उनलाई राम्रोसँग नेपाली बोल्न नआउने परिवारले जनाएका छन् ।

काजलकी साथी बबिता सानैदेखि गाउँकै विद्यालयमा पढ्दै आएकी थिइन । अहिले दुवै जनाले गाउँकै विद्यालयमा कक्षा ९ र ७ मा अध्ययनरत थिइन् । गाउँकै केही व्यक्तिले स्कुल जाने हिडेकै दिन भिङ्ग्रीदेखि भालुवाङ्ग जाने गाडीमा चढेको र भालुबाङबाट नेपालगंज जाने हाइसमा चढेको देखेको बताइएको छ ।

दुबै किशोरी परिवार तथा आफन्तको सम्पर्कमा नभएको काजलका बुबा श्रीधरले बताए । उनले देख्नले खबर गरिदिन परिवारले आग्रह गरेका छन् । श्रीधरको मोबाइल नम्बर ९८२९८७८५१३ मा र बनिताको दाजु हेमराज कुँवरको मोबाइल नम्बर ९८६९४६२३१२ मा खबर गरिदिन आग्रह गरिएको छ ।

काजल भारतको सोनिपथ हरियाना एक विद्यालयमा अध्ययन गरेकी थिइन् । उनी उतै जान सक्ने भन्दै भारतमा देख्नहरुले ००९१ ९७१५२२१४०६ मा सम्पर्क गरिदन परिवारले आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal